Comments Add Comment

बरुणको ‘बद्लापुर’: यी हुन् हलमा पुग्नैपर्ने पाँच कारण

badlapur1-story_650

आजदेखि हिन्दी फिल्म बदलापुर नेपालका सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ । बिश्वकप क्रिकेटको त्रासका कारण धेरैजसो राम्रा फिल्म रिलिज हुन डराइरहेका बेला बदलापुर आएको छ ।

‘रिभेन्ज ड्रामा’ यो फिल्मको मुख्य भूमिकामा छन बरुण धवन जो बलिउडमा लभरब्यायका रुपमा चिनिन्छन् । तर, यो फिल्ममा बरुणले आफ्नो गेटअपमात्र बदलेका छैनन्, पुरै प्रस्तुती र अभिनयमा समेत बदलाव ल्याएका छन् ।

ट्रेलर र बिशेष प्रर्दशनीपछि बलिउडका हस्तीहरुले बरुणको निकै खुलेर तारिफ गरिरहेका छन् ? आखिर के छ बदलापुरमा खास त्यस्तो ? इण्डिया टुडेले दिएको छ यी पाँच कारण जसले गर्दा दर्शकहरु हलसम्म पुग्छन् ।

बरुणको नयाँ अवतार : तीन वर्षअघि एउटा चकलेटी लभरवयका रुपमा बलिउड छिरेका बरुले यति छिटो आफ्नो अबतारमा रुपान्तरण ल्याउनु चानचुने काम हैन् । ‘बदलापुर’ मा उनले ४० बषिर्य अधवैंसेको अवतारमा ढालेका छन जसले आफ्नो परिवारको हत्याको बदला लिन कोसिस गर्छ । बरुण आफैले पनि यो फिल्मलाई आफ्नो करियरको नयाँ मोडका रुपमा ब्याख्या गरेका छन् ।

रिभेन्ज ड्रामा : रिभेन्ज ड्रामा बिधामा लगभग उस्तै कथा हुन्छ, जहाँ आफ्नो परिवारको हत्यारासँग मुख्य पात्रले बदला लिने कोसिस गर्छ । यो फिल्ममा पनि बरुणले आफ्नो परिवारका हत्यारासँग १५ बर्षपछि बदला लिन्छन् । बरुणले जुन अबतारका साथ जसरी यसमा भूमिका निर्वाह गरेका छन, त्यतिकै कलात्मक छ निर्देशकको स्टोरी टेलिङ शैली पनि ।

भिलेन नवाजुद्दिन सिद्धीकी : नवाजुद्दिन सिद्दिकीको अभिनय क्षमताले जहिले पनि दर्शकलाई छुन्छ । सायद तपाईले ग्याङ अफ वासेपुरमा उनको भिलेन चरित्र देख्नुभएको होला । यसमा पनि तपाई उनलाई घृणा नगरिरहन सक्नुहुन्न । अर्थात, यो फिल्मको एउटा मुख्य आर्कषण हो नवाजुद्दिनको अभिनय ।

संगीत : संगीत पक्ष पनि फिल्मलाई सफल बनाउने अर्को आकर्षक पक्ष हो । जम्म ३ गीत छन् । तर, तीनै गीतको विषेशता छुट्टा छुट्टै छ । संगीतकार सचिन जीगरको संगीतलाई धेरै दर्शकले रुचाइसकेका छन् ।

बरुणको रोमान्सः फिल्ममा बरुणले यामी गौतमसंग बिबाह गरेका छन् भने अरु तीन सुन्दरीसँग रोमान्स गर्छन् । हुमा कुरेसी, दिब्या दत्त र राधिका अप्तेसँग उनको रोमान्स बेजोड छ । राधिका तिनै हिरोइन हुन जसको बाथरुममा खिचिएको नाङ्गो सेल्फी पछिल्लो हप्ता इन्टरनेटमा भाइरल भएको थियो । समग्रमा फिल्म एक्सन, रोमान्स, अभिनयको गहिराई र गीतसंगीतका कारण दर्शकलाई आर्कषिर्त गर्न सफल हुने देखिन्छ ।

हेर्नुहोस् ट्रेलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment