+
+

गिनिज बुकमा नाम लेखाएपछि सौगातले भने-‘दर्शकले मलाई पत्याएनन्’

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ८ गते १३:०५

saugat bista

७ बर्ष ३४० दिनको उमेरमा चलचित्र निर्माण गरेर ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा ‘विश्वकै कान्छा निर्देशक’को रुपमा नाम लेखाएका सौगात बिष्टले आफूलाई दर्शकले नपत्याएको गुनासो गरेका छन् ।

नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको हातबाट ‘गिनिज बुक’को प्रमाणपत्र लिदै सौगातले दर्शकले चलचित्र नहेरेको बताएका हुन् । सौगातले भने-‘आज मलाई दुख लागेको छ भने खुशी पनि छु । दर्शकले यती सानो बालकले पनि के चलचित्र बनाउँला भनेर मलाई पत्याउनु भएन । तर, गिनिज बुकले मलाई पत्यायो र म यो उपलब्धी हाशिल गर्न सफल भएँ ।’

विश्वकै कान्छा निर्देशक बनेका सौगातले आफ्नो आमा र बुबाले आफूलाई पत्याएर जोखिम मोलेको बताए । उनले फेरि चलचित्र प्रदर्शन गर्ने व्यवस्था मिलाइदिन सबैसँग आग्रह पनि गरे ।

कार्यक्रममा सौगातलाई वधाई दिदै मन्त्री रिजालले उनको कामले देशकै शिर उच्च भएको बताए । उनले, सौगातको चलचित्र फेरि एकपटक हलमा चलाउने प्रवन्ध गर्न सबैलाई आग्रह गरे । मन्त्री रिजालले आफूले पनि यसमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मंसिर २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘लभ यू बाबा’का कलाकार तथा सौगातका बुबा गजित बिष्टले चलचित्र क्षेत्रकै कतिपय चलचित्रकर्मीले आफूहरुको कामलाई हाँसो र जोक्स बनाएको भन्दै छोराले पाएको सफलताले आफूहरुको मिहिनेत उपलब्धीमा बदलिएको बताए ।

चलचित्रकी कलाकार तथा सौगातकी दिदी संगम बिष्टले भाइको खुशीमा आफू पनि उत्साहित भएको बताइन् । कार्यक्रममा सौगातले चलचित्र निर्देशन गरेका दृश्यहरु देखाइएको थियो । भारतका ९ बर्षका बालकलाई उछिन्दै सौगातले ७ बर्ष ३४० दिनमा चलचित्र निर्देशन गरेर विश्व रेकर्ड बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?