Comments Add Comment

युटिएलका कर्मचारीको हड्तालबाट सेवाग्राही प्रभावित

UTL Aandolan (6)

८ फागुन, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)को टेलिफोन सेवा अवरुद्ध भएको छ ।

कम्पनीमा कार्यरत कर्मचारीहरुले शुक्रबार मध्यान्ह १२ बजेदेखि देशभरको सेवा अवरुद्ध गरेका हुन् । कर्मचारीहरुले विभिन्न १४ बुँदै मागहरू राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।

यूटिएल व्यवस्थापन पक्षले आफ्ना मागहरु सम्बोधन गर्न तयार नभएपछि बाध्य भएर सेवा अवरुद्ध गर्नुपरेको कर्मचारीहरुले बताएका छन् ।

यूटिएलले ४४ जिल्लामा दूरसञ्चार सेवा प्रदान गर्दै आएको छ । कम्पनीमा ५१ जना प्राविधिक सहित ९२ जना कर्मचारी कार्यरत रहेको बताइएको छ ।

४४ जिल्लामा सेवा सञ्चालन गर्दै आएको यूटीएलमा ५१ जना प्राविधिक सहित ९२ कर्मचारी रहेका छन् । त्यस्तै देशभर पाँच लाख ग्राहक रहेका छन् ।

UTL Aandolan (3)

युटिएलले फिक्स्ड र एलएमएस टेलिफोन सेवा प्रदान गर्दै आएको छ । साथै, सीडीएमए १एक्स इन्टरनेट सेवा समेत यूटियलले उपलब्ध गराउँदै आएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार यूटियलको भ्वाइस सेवा अन्तर्गत फिक्स्डतर्फ ४७ हजार ९ सय ३७ जना र एलएमएसतर्फ ४ लाख ६० हजार ९ सय ४ जना ग्राहकहरु रहेका छन् ।

यसरी मंसिर मसान्तसम्म यूटिएलले ५ लाख ८ हजार ८ सय ४१ जनालाई भ्वाइसेवा प्रदान गरिरहेको छ । त्यसैगरि, सीडीएमए १एक्स मार्फत ५६ हजार ७ सय ४४ जनालाई इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ ।

सेवा अवरुद्ध हुँदा ग्राहकलाई परेको समस्याको सम्पूर्ण जिम्मेवारी व्यवस्थापन पक्षले लिनुपर्ने आन्दोलनरत कर्मचारीहरुले बताएका छन् ।

UTL Aandolan (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment