+
+
Shares

एमएको परीक्षामा त्रिविको लापरवाही, पीके क्याम्पसमा तोडफोड (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ८ गते १३:५६

PK COLLEGE 3८ फागुन, काठमाडौं । एमएको परीक्षा सन्चालनमा त्रिभुवन विश्वविद्यालयले लापरवाही गरेको भन्दै विद्यार्थीहरुले बागबजारस्थित पदमकन्या क्याम्पस परीक्षा केन्द्रमा शुक्रबार तोडफोड गरेका छन् । उनीहरुले परीक्षा समेत बहिस्कार गरेका छन् ।

परीक्षा सन्चालनको निर्धारित समयमा पनि प्रश्नपत्र नआएको भन्दै आक्रोशित विद्यार्थीहरुले तोडफोड गरेको पद्मकन्या क्याम्पस नेबिसंघकी नेतृ साधना घिमिरेले अनलाइनखबरलाई जानकारी दिइन् ।
शुक्रबार एमएको थेसिस अन्तर्गतको लिखित परीक्षा थियो ।

स्थिति तनावग्रस्त भएपछि प्रहरी परिचालन गरिएको थियो । तोडफोडपछि नाराबाजी गर्दै विद्यार्थीहरु परीक्षा केन्द्रबाट बाहिरिएका थिए । तोडफोडका कारण क्याम्पसका झ्यालका सिसा फुटेका छन् ।

पद्मकन्या क्याम्पसमा शुक्रबार विहान भएको तनावलाई तस्वीरमा हेर्नुहोस्-

PK COLLEGE 12PK COLLEGE 9PK COLLEGE 8PK COLLEGE 6PK COLLEGE 5  PK COLLEGE 16PK COLLEGE 18PK COLLEGE 4 तस्वीर : श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?