+
+
Shares

बाराको सिमरामा विहानैदेखि तनाव

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ८ गते १४:३०

८ फागुन, बारा । सरकारी कार्यालयको सेवा केन्द्र सिमरामा विस्तार गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएपछि बाराको सिमरा शुक्रबार विहानैदेखि तनावग्रस्त बनेको छ । आन्दोलनरत स्थानीयबासी र प्रहरी बीचको पटक पटकको झडपका कारण सिमरा तनावग्रस्त बनेको हो ।

Simara-ma-tanab-final

  • आन्दोलनमा उत्रिएका स्थानीय

शुक्रबारबाट आह्वान गरिएको आम हड्तालका कारण विहानैदेखि सिमरा क्षेत्रमा सवारी साधन चल्न सकेका छैनन् । बजार र शिक्षण संस्था समेत ठप्प छन् । प्रदर्शनकारीले प्रहरीको स्कर्टिङमा चलेका केहि सवारीसाधन तोडफोड गरेपछि मध्यान्हबाट प्रहरी स्कर्टिङमा समेत गाडी चलेका छैनन् ।

आन्दोलनरत उद्योग वाणिज्य संघ सिमराका सचिव शिव वाग्लेसहित केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय सिमरामा राखेको प्रहरी निरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

सदरमुकाम कलैयामा रहेका मालपोत, नापी र भुमिसुधार कार्यालयको सेवा केन्द्र सिमरामा पनि विस्तार गर्ने यसअघिको निर्णय सरकारले फिर्ता लिएको थियो । कलैयाका सरकारी कार्यालय सिमरामा सार्न लागिएको भन्दै कलैयाबासीले आन्दोलन चर्काएपछि अघिल्लो आइतबार सरकारले निर्णय फिर्ता लिएको थियो ।

सो निर्णयको विरोधमा आइतबारबाट विहीबारसम्म चरणबद्ध रुपमा केहि घण्टा चक्काजाम गर्दै आएका सिमराका बासिन्दाले शुक्रबारबाट आमहड्ताल घोषणा गरेका हुन् । सरकारले आफ्नो पूर्व निर्णय कार्यान्वयन नगरेसम्म आन्दोलन जारी रहने संघर्ष समितिका सदस्य मनोज पौडेलले बताए ।

– सुनील गाउँलेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?