Comments Add Comment

पूजनाले कसलाई गरिन् हद भन्दा बढी माया ?(भिडियो)

pujana-song
वास्तविक जीवनमा प्रेममा परेकी नायिका पूजना स्त्रिले एक पुरुषलाई हदभन्दा बढी माया गरेकी छिन् । वास्तविक जीवनमा त उनी कोसँग प्रेममा परेकी छिन्, उनले खुलाएकी छैनन् ।

तर, उनले नै प्रस्तुत गरेको चलचित्र ‘चकलेट’को एक गीतमा भने उनले एक पुरुषलाई हदभन्दा बढी माया गरेकी  छिन् । चलचित्रका मुख्य कलाकार आयुष्मान घिमिरेसँग उनले हदभन्दा बढी माया गरेकी हुन् ।

निर्मल शर्माले निर्देशन गरेको चलचित्रको यो गीतमा विश्व नेपाली र मिलन अमात्यको स्वर, शिखर सन्तोषको संगीत, आनन्द अधिकारीको शब्द छ ।

चलचित्रमा नम्रता झा, अनुज झा, केशव भट्टराई, सुमन गैरे लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको प्रदर्शन मिति तय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment