- प्रेस चौतारी नेपालको राष्ट्रिय महिला भेला उदघाटन गर्दै एमाले उपाध्यक्ष युवराज ज्ञवाली
निमुसंगम घर्ती
८ फागुन, दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सडक आन्दोलनबाट संविधान नबन्ने भन्दै वार्तामा आउन आन्दोलनरत दलहरुलाई आग्रह गरेका छन् । विमतिका बिषयलाई सडकमा नभई संविधानसभामा बहस गराउनु पर्ने भन्दै उनले टुँडीखेलबाट संविधान बन्ने सपना नदेख्न आग्रह गरे ।
प्रेस चौतारी नेपालको राष्ट्रिय महिला भेलालाई शुक्रबार घोराहीमा उदघाटन गर्दै उपाध्यक्ष ज्ञवालीले भने, ‘जनताको प्रतिनिधित्व गर्ने थलो संविधानसभा हो, विमतिलाई छलफल गरौं, टुँडीखेलमा होइन ।’
उनले १० बर्ष छलफल गरेपनि सहमतिमा संविधान बन्न नसक्ने भएकाले प्रकृया जानुको विकल्प नभएको बताए । विवादित विषयमा मतदान गरेर संविधान ल्याउनु पर्छ भन्ने पक्षमा २ तिहाई भन्दा पनि धेरै मत आफूहरुसँग रहेको उनले दाबी गरे ।
प्रेस चौतारी नेपाल महिला विभागको केन्द्रीय भेलामा १ सय ५० बढी पत्रकार महिलाहरु सहभागी छन् । भेला दाङ घोषणापत्र जारी गर्दै शनिबार सकिनेछ ।
प्रतिक्रिया 4