गौतम श्रेष्ठ
८ फागुन, रौतहट । जनतासँग बाचा गरेको मितिमा संविधान जारी नगरेको भन्दै रौतहटमा ६०१ सभासदहरुको श्राद्ध गरिएको छ ।
हेटांैडा नगरपालिका २ घर भएका ४४ बर्षीय राकेशकुमार शर्माले चन्द्रनिगाहपुरको मुख्य चोकमा शुक्रबार बिहान सभासदहरुको श्राद्ध गरेका हुन् ।
जनतालाई दिएको भाका माघ ८ मा संविधान जारी नभएपछि सविधानसभा मृत भएको भन्दै शर्माले १३ औं दिनको काम यस अघि माघ १९ गते जनकपुरमा गरेका थिए ।
एक महिने तिथी भन्दै उनले चन्द्रनिगाहपुरमा सबै सभासदको सामूहिक श्राद्ध गरेका हुन् । हिन्दु संस्कार अनुसार शर्माले मुख्य चोकमा ब्राम्हण ल्याएर कालो बस्त्र धारण गरेर सभासदहरुलाई कालो पिण्ड अर्पण गरेका थिए ।
स्थानीय दुर्गा मन्दिरका पुजारी मुन्नालाल तिवारीले पंण्डितका रुपमा मन्त्र उच्चारण गर्दे श्राद्ध गराएका थिए ।
आफूलाई स्वतन्त्र नेपाली नागरिक भन्ने शर्माले अघिल्लो संविधानसभाले सविधान जनाएपछि देशका विभिन्न ठाउँमा पुगेर सभासदहरुको श्राद्ध गरेका थिए ।
प्रतिक्रिया 4