Comments Add Comment

कम्मर दुख्न थालेपछि अनुष्कालाई अप्ठ्यारो

anuska-sharma
आफ्नो नयाँ चलचित्र ‘एनएच १०’का कारण बलिउड नायिका अनुष्का शर्मालाई कम्मरमा धेरै पीडा हुन थालेको छ । उनी सजिलोसँग उठ्न र बस्न पनि नसक्ने भएकी छिन् । उनी यतिबेला डाक्टरकोमा चक्कर लगाउन थालेकी छिन् ।

हालै मात्र मुम्बइमा आयोजना भएको उनको चलचित्रको पत्रकार सम्मेलनमा उनी निक्कै ढिलो गरेर पुगिन् । अनुष्कालाई कुरेर बसेका मिडियाले उनको हाल सोधे । अनुष्काले भनिन्-‘मेरो कम्मरमा धेरै नै पीडा हुन थालेको छ । जसका कारण म अहिले राम्रोसँग उठ्न र बस्न पनि नसक्ने अवस्थामा  पुगेकी छु ।’

सडकमा धेरै समय छायांकन भएका कारणले पनि आफूलाई यो समस्या सुरु भएको अनुष्काको भनाई छ । तर, अनुष्का क्रिकेटर विराट कोहलीसँगको यात्रामा धेरै समय निस्किरहेकी छिन् ।

अनुष्काले भनेजस्तै उनको कम्मरमा पीडा चलचित्रको छायांकनका कारण भयो या अन्य कारणले यो उनले नै जान्ने कुरा हो । तर, अनुष्काले भने आफ्नो चलचित्र चलेको खण्डमा यो पीडा सबै भुल्ने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment