+
+
Shares

सौर्य ऊर्जा उत्पादनका लागि विश्व बैंकको १३ अर्ब सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ८ गते १८:१०

Saura urja८ फागुन,काठमाडौँ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास सङ्गठन (आइडिए) ले ‘ग्रिड सोलार’तथा ऊर्जा सक्षमता परियोजना कार्यान्वयन गर्न १२ अर्ब ९२ करोड ५९ लाख रूपैयाँ उपलब्ध गराउने भएको छ ।

सन् २०१५ भित्रै २५ मेगावाट सौर्य ऊर्जा उत्पादन गरी काठमाडौँ उपत्यकामा आपूर्ति गरिने उक्त परियोजना नेपाल विद्युत् प्राधिकरणले कार्यान्वयन गर्नेछ ।

ऋण सहयतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाता र अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरे ।

नेपालको गहिरिँदो ऊर्जा सङ्कट केही भए पनि घटाउने उद्देश्यले सहुलियतमा उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराइएको बताउँदै देशीय प्रबन्धक कामाताले जलविद्युत् उत्पादन नेपालको विशेषता एवम् प्राथमिकता भएको बताए ।

अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुखसमेत रहनुभएका सहसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा विश्व बैंकले निरन्तर सहयोग पु¥याएकामा सरकारका तर्फबाट आभार प्रकट गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?