+
+
Shares

कृषि र पूर्वाधारलाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ८ गते १८:५१

८ फागुन, काठमाडौं । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले कृषि, साना तथा घरेलु र पूर्वाधार निर्माण सम्बद्ध उद्योगलाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

Bharat-mohan-Adhakariउद्योग मन्त्रालयको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रमसम्बन्धी अन्तरक्रिया कार्यक्रममा विषेश आतिथिका रुपमा बोल्दै अधिकारीले पूर्वाधार, कृषि, साना तथा घरेलु उद्योगलाई मुलुकको मुलधारमा ल्याउन र प्रतिस्पर्धि बनाउन विशेष नीति ल्याउनुपर्नेमा जोड दिए ।

साथै, उनले रुग्न तथा ओझेलमा परेका उद्योगलाई समेत राज्य पक्षले उचित संरक्षण दिन आग्रह गरेका छन् ।

पूर्व अर्थमन्त्री अधिकारीले सामाजिक रुपान्तरण औद्योगिक सम्बृद्धिबाट मात्रै सम्भव रहेको तर्क गर्दै प्रविधि हस्तान्तरण र पुस्तान्तरणको परिपाटीको थालनी गर्न सम्बद्ध पक्षलाई आग्रह गरे ।

अधिकारीले उद्योग दर्ता हुने तर निरन्तरता नपाउने परिपाटीको अन्त्यका लागि उद्यमी र उद्योगी मैत्री नीति आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?