Comments Add Comment

चामल बेच्न सुनको प्रलोभन

१० फागुन, भैरहवा । व्यवसायीहरुले आफ्नो सामान बिकाउन अनेक तरिकाहरु अपनाउने गरेका छन् । यही क्रममा भैरहवाको एक उद्योगले चामल खरिद गर्ने ग्राहकलाई सुन उपहार दिने प्रलोभन देखाएको छ ।

Pari-Riceभैरहवाको प्राईम एडिबल उद्योगले चामलमा सुन उपहार दिने प्रलोभन देखाएको हो । पछिल्लो समय उद्योगहरुले अस्वभाविक खालका उपहार योजनाहरु ल्याएर ग्राहक आकषिर्त गर्न थालेका छन् ।

आफ्नो सामानको बिक्री बढाउन गुणस्तर कायम गर्ने भन्दा पनि विभिन्न उपहारको माध्यमबाट ग्राहक आकषिर्त गर्ने होडबाजी चलेको पाइन्छ । उपहारमा ठूलो रकम खर्च हुने हुँदा उत्पादकले त्यसलाई परिपूर्ती गर्न वस्तुको गुणस्तर घटाउने गरेको उपभोक्तावादी नेताहरु बताउँदै आएका छन् ।

प्राइम एडिबलले ‘परी सुन धमाका अफर’ नामक उपहार योजनाको घोषणा गरेको छ । कम्पनीले उत्पादन गर्दै आएको परी ब्राउन चामल, परी जिरा मसिना र परी सोना मन्सुली चामल किन्दा उपभोक्ताले सुन उपहार पाउने सञ्चालक कुमारले बताए ।

उनले उपभोक्ताले ब्राउन चामलको २० केजी, जिरा मसिनाको २५ केजी र सोना मन्सुलीको ३० केजीको प्रत्येक प्याकमा परी सुन धमाका अफरको एक स्क्र्याच कुपन प्राप्त गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment