१० फागुन, काठमाडौं । भन्सार विभागका महानिर्देशक शिशिर कुमार ढुङ्गानालेे भन्सार मूल्यांकन भन्सार अधिकृतको तजविजीमा नहुने दाबी गरेका छन् ।
व्यावसायीक क्षेत्रबाट बेलाबेलामा भन्सार मूल्यांकन तजविजी रुपमा हुने र त्यसले आयातित बस्तुको मूल्य निर्धारणमा एक रुपता नदेखिएको बताइरहेका बेला माहानिर्देशक ढुङ्गानाले मूल्यांकन लागी वैधानिध तरिका रहेको र कर अधिकृतले पद्धति बाहिर गएर आफूखुसी गर्न नसक्ने बताएका हुन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र अमेरिकन राजदुतावासको संयुक्त आयोजनामा जनकपुरको रामाहोटलमा शानिबारदेखि सञ्चालित दुई दिने आर्थिक पत्रकारिता प्रशिक्षण कार्यक्रममा महादिर्नेशक ढुङ्गानाले व्यवसायी र सरकारी कर्मचारी ईमान्दार र व्यवसायिक भए भंसार मूल्यांकनमा समस्या नरहने बताए ।
‘वास्तविकता, व्यावसायिकता र इमान्दारीता व्यावहारमा प्रबर्धन गरि भन्सार छल्ने प्रबृत्ति रोकियो भने धेरै समस्या व्यवस्थित हुन्छ’ उनले भने- ‘भन्सार एक्लैले एकांकी आधारमा कुनै बस्तुको मूल्यांकन गर्न सक्दैन । क्षमता पनि राख्दैन र प्रयास पनि गर्दैैन ।’
जनकपुरको जटहीस्थित भन्सार कार्यालय एक वर्षदेखि बन्द रहनु दुःखद भएको बताउँदै उनले सरकार जटही भन्सार कार्यालयलाई व्यवस्थित बनाई खुलाउन लागिपरेको बताए । ‘भन्सार कार्यालयको जग्गाखरिद प्रक्रिया सुरु भईसकेको छ’ उनले भने- ‘भन्सार सुचारु गर्न र व्यवस्थितबनाउनभारतीय राजदुतावाससँग पनि छलफल भईरहेको छ ।’
प्रतिक्रिया 4