Comments Add Comment

‘बदला’ लिन किशोरीमाथि एसिड आक्रमण

११ फागुन, काठमाडौं । काठमाडौंको ट्युसन सेन्टरमा दुई किशोरीमाथि भएको एसिड आक्रमण बदलाको भावनाबाट भएको देखिएको छ ।

Sima-Magarघटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘प्रारम्भीक अनुसन्धानका क्रममा केही सुराकहरु मिलेको छ । त्यस आधारमा बदलाको भावनाबाट भएको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भनेका छन् ।

एसिड आक्रमणमा परेकी संगीता पुलामी मगरको गम्भीर अवस्थामा केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । उनको अनुहार र छातीका साथै शरीरको अन्य भागमा समेत एसिड परेको छ । आक्रमण उनलाई लक्षित भएको अर्की घाइते सीमा बस्नेतले बताएकी छिन् ।

प्रहरीले उनका साथीहरुसँग सोधपुछ जारी राखेको छ । ‘आजै साँझसम्म केही आउन सक्छ,’ प्रहरीले भनेको छ ।

एसएलसीको तयारीका क्रममा ट्युसन पढ्न बसन्तपुरको झोछेंस्थित ए प्लस ट्युसन कक्षामा बसिरहेको बेला संगिता र सीमामाथि आइतबार विहान एसिड छ्यापिएको थियो ।

बोतलमा एसिड लिएर आएका युवकले छ्यापेर भागेको घाइते सीमाले बताएकी छन् ।

प्रहरी अधिकारीहरुका अनुसार अधिकांश यस्ता घटना बदलाको भावनाले हुने गरेको छ । तर, घाइते मध्ये संगीता गम्भीर रहेको, अन्यले कसैमाथि शंका नगर्नु र आक्रमणकारीको अनुहार नदेखिनुले अनुसन्धान केही कठिन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment