+
+
Shares

६ महिनामा १ खर्ब ६२ अर्ब रुपैयाँ मात्रै सरकारी खर्च

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ११ गते १६:३९

Ramsaran mahat११ फागुन काठमाडौं । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सरकारले कूल १ खर्ब ६१ अर्ब ८४ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ । सरकारी खर्च कूल विनियोजित बजेटको २६.२० प्रतिशत हो । चालू आर्थिक वर्षका लागि सरकारले ६ खर्ब १८ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

सोमबार आर्थिक वर्ष २०७१/०७२ को बजेटको मध्यावधि गर्दै अर्थमन्त्री डा. रामशरण महतले अहिलेसम्मको खर्च सन्तोषजनक नभएको तर आगामी महिनामा सरकारले उल्लेख्य खर्च गर्ने बताए ।

‘संसदले बजेट पारिन गरेपछि माबै स्वीकृति योजनाहरुको कार्यक्रम बनाउने प्रवत्ति भएकाले र दशैंतिहार जस्ता चाडबाडहरु परेकाले हरेक वर्ष पुस मसान्तसम्ममा सरकारले खर्च गर्न सकेको देखिँदैन’ मन्त्री महतले भने- ‘यो आर्थिक वर्षमा कूल बजेटको ९२.६३ प्रतिशत रकम खर्च हुने हाम्रो आँकलन छ ।’

आर्थिक वर्षमा सरकारले विनियोजित बजेटको ८२ प्रतिशत रकम मात्रै खर्च भएको थियो ।

मन्त्री महतका अनुसार पुस मसान्तसम्ममा चालूतर्फ विनियोजित बजेटको ३०.९५ प्रतिशत, पुँजीगततर्फ १२.६० प्रतिशत र वित्तीयतर्फको विनियोजित बजेटको २३.१९ प्रतिशत रकम मात्रै खर्च भएको छ ।

गत आर्थिक वर्गाकोभन्दा चालू आर्थिक वर्षको पुँजीगत बजेटको आकार ठूलो भएकाले खर्चको भएको रकमको आकारभने गत वर्षको भन्दा २८.३ प्रतिशत बढी भएको महतले बताए ।

आर्थिक वृद्धिदर ५ प्रतिशत

चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने मध्यावधि समिक्षामा उल्लेख छ । बजेटमा पनि ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको थियो । यही फागुन ४ गते राष्ट्र बैंकले गरेको मौदि्रक नीतिको मध्यावधि समिक्षामा पनि यो आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने उल्लेख छ । अर्थमन्त्रालयले बजेटको मध्यावधि समिक्षा गरेपछि मात्रै राष्ट्र बैंकले मौदि्रक नीतिको अर्धवाषिर्क समिक्षा गर्ने प्रचलन रहेपनि गभर्नर डा. युवराज खतिवडाले फागुन ४ गते नै मौदि्रक नीतिको समिक्षा गरेका थिए ।

मुल्य वृद्धिदर ७.३ प्रतिशत मात्रै

पुस मसान्तसम्ममा मुल्यवृद्धिदर ७.३ प्रतिशत रहेको अर्थमन्त्री महतले बताए । यो आर्थिक वर्षमा मुल्यवृद्धिदर ८ प्रतिशतमा राख्ने सरकारको लक्ष्य छ । खाद्य र गैरखाद्यतर्फको मुल्यवृद्धिदर गत वर्षको भन्दा कम रहेको उनले बताए ।

१ खर्ब ८५ अर्ब राजस्व उठ्यो

पुस मसान्तसम्ममा १ खर्ब ८५ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलनको उद्देश्य रहेकोमा राजस्व संकलन १०२.७२ प्रतिशत शंकले नभएको सोमबार सार्वजानिक गरिएको मध्यावधि समिक्षामा उल्लेख छ ।

व्यापार घाटा ३ खर्ब ३४ अर्ब

पुस मसान्तसम्ममा कूल बजेटको आधाभन्दा बढी व्यापार घाटा भएको छ । समिक्षा अवधिमा ३ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ व्यापार घाटा भएको उल्लेख छ । निर्यातमा आएको कमीले गर्दा व्यापार घाटामा वृद्धि भएको मन्त्रालयले जनाएको छ । व्यापार घाटा कम गर्न आन्तरिक उत्पादनमा वृद्धि गर्नुपर्ने र निर्यातजन्य उत्पादनलाई प्रात्साहन गर्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?