बिश्व फोटोग्राफी संघले हरेक बर्ष ‘सोनी बिश्व फोटोग्राफी अवार्ड’ आयोजना गर्दै आएको छ । यो बर्ष पनि १७१ मुलुकका फोटोग्राफरले खिचेका झण्डै १ लाख ७३ हजार ४४४ वटा फोटो प्रतिस्पर्धामा थिए ।
त्यसमध्ये सर्टलिस्टमा परेका केही तस्वीहरु सार्वजनिक भएका छन जसमध्ये उत्कृष्ट पहिलो फोटोले २५ हजार अमेरिकी डलरको पुरस्कार हात पार्ने छ ।
बिभिन्न बिधा र शीर्षकमा अवार्ड प्रदान गरिने छ जसमा बिश्वका बिभिन्न क्षेत्रका दैनिक जीवनदेखि प्राकृतिक सौन्दर्यका घतलाग्दा तस्वीर देख्न पाइने छ । लण्डनमा अप्रिल २३ तारिखमा आयोजना हुने अवार्ड कार्यक्रममा बिजेतालाई पुरस्कार दिइने छ ।
अहिलेलाई हेरौं, झण्डै १ लाख ७३ हजार फोटोमध्येबाट छानिएका केही उत्कृष्ट तस्वीर जो यो बर्षको अवार्डका दावेदार हुन् ।










प्रतिक्रिया 4