+
+
Shares

साउदी फण्डद्धारा २ अर्ब ४१ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १२ गते १८:२०

Ramsaran-mahat
१२ फागुन, काठमाडौं । साउदी फण्डका उपाध्यक्ष तथा प्रवन्ध निर्देशक युसुफ अल बसामले बाँके जिल्लामा सञ्चालित दुन्दुवा सिंचाई परियोजनाका लागि दुई अर्ब ४१ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।

यस विषयमा अर्थमन्त्रालय र साउदी फण्डबीच मंगलबार सम्झौता भएको छ । सम्झौतामा अर्थसचिव सुमनप्रसाद शर्मा र साउदी फण्डका उपाध्यक्ष तथा प्रवन्ध निर्देशक बसामले हस्ताक्षर गरे ।

सो अवसरमा अर्थमन्त्री डा. महतले सरकारले पूर्वाधारको विकासलाई प्राथमिकतामा राखी काम गरिरहेकोले यस क्षेत्रमा सहयोग गर्न आग्रह गरे । विशेषगरी ग्रामीण सडक, सिंचाई र सडकजस्ता पूर्वाधारका क्षेत्रमा साउदी सहयोगले ठूलो महत्व राख्ने उनको भनाई थियो ।
विकासका दृष्टिले नेपाल निकै पछि रहेको छ, अर्थमन्त्री महतले भने, पूर्वाधारका खास क्षेत्रमा सहयोग गरेमा नेपालको विकास अभियानमा ठूलो सहयोग हुनेछ ।

अर्थमन्त्री महतले नेपालमा जलविद्युत, विमानस्थल, द्रुतमार्ग जस्ता पूर्वाधारका क्षेत्रमा ठूलो लगानी भैरहेको जानकारी दिँदै अझै नेपाललाई ठूला पूर्वाधारका क्षेत्रमा सहयोगको खाँचो रहेको स्पष्ट पारे । उनको भनाई थियो, सरकारले लगानी अनुकूल वातावरण निर्माण गरेकोले होटेल, एयरलाइन्स, सिमेन्ट, विद्युत जस्ता क्षेत्रमा ठूलो लगानी आइरहेको छ । नेपालसँग भएका आफ्नै स्रोत साधन तथा विदेशी सहयोगले विकास निर्माणलाई तिब्रता दिन ठोस सहयोग पुगिरहेको छ ।

प्रतिकूल परिस्थितिका वावजूद नेपालले आर्थिक सामाजिक क्षेत्रमा राम्रो प्रगति भरहेको पनि उनले बताए । उनले भने- चालु आर्थिक बर्षको बजेटलाई प्रभावकारीरुपमा कार्यान्वयन गरी लक्ष्य पूरा गर्नेतर्फ पनि सरकारले सक्रियतापूर्वक काम गरिरहेको छ ।

सो अवसरमा साउदी फण्डका उपाध्यक्ष बसामले पूर्वाधारका क्षेत्रमा सहयोग गर्न सकिने भएकोले आकर्षक र आवश्यक परियोजना प्रस्ताव गर्न आग्रह गरे । विगतमा साउदी फण्डको सहयोगमा सञ्चालित परियोजनाहरु सफल रहेको अनुभव सुनाउँदै आगामी दिनमा सहयोगको संभावना बढेको धारणा व्यक्त गरे ।

उनले आगामी दिनमा कृषि विकासका लागि सहयोग बढाउने सम्भावना रहेको बताएका छन् । भेटघाटका अवसरमा अर्थसचिव शर्मा, सहसचिव बैकुण्ठ अर्याल तथा अर्थमन्त्रालयका अधिकारीहरु र साउदी प्रतिनिधिमण्डलका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?