+
+

पोर्न सामाग्रीयुक्त ब्लगलाई गुगलले प्रतिबन्ध लगाउने

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १३ गते ८:५७

sexual-monotony

इन्टरनेट बादशाह गुगलले आफ्नो ब्लग प्लेटर्फम ‘ब्लगर डटकम’ (जसलाई ब्लगस्पट डटकमका नामले समेत चिनिन्छ)मा पोर्न सामाग्री पोष्ट गर्न प्रतिबन्ध लगाएको छ ।

बिभिन्न देशले पोर्न साइटमाथि प्रतिबन्ध लगाउन थालेपछि पछिल्लोपटक पोर्न सामाग्री उत्पादकहरुले गुगलको फि्र ब्लग साइट ब्लगस्पटको सहारा लिँदै आएका थिए । तर, अब गुगलले पोर्न कन्टेन्टयुक्त यस्ता ब्लगलाई सार्वजनिकरुपमा नखुल्ने बनाउने छ भने नयाँ कन्टेन्ट पोष्ट गर्न पनि प्रतिबन्ध लगाउने छ ।

गुगलले मंगलबार एक सूचना जारी गर्दै मार्च २३ तारिखभित्र त्यस्ता सामाग्री नहटाए ती ब्लगहरुलाई प्राइभेटमा रुपान्तर गरिदिने बताएको छ । प्राइभेट ब्लग एडमिनले मात्र हेर्न पाउँछ जसलाई सार्वजनिकरुपमा खोल्न सकिदैन् । तर, ब्लग संचालकले सेयर गरेका लिंक भने खोल्न सकिन्छ ।

गुगलले नाङ्गा तस्वीर, भिडियो वा ग्राफिकयुक्त सामाग्री सार्वजनिक ब्लगमा राख्न नपाइने बताएको छ । तर, न्यूड आर्ट वा शैक्षिक तथा चेतनामुलक प्रयोजनका लागि राखिएका समाग्रीलाई भने कुनै फरक पर्नेछैन् ।

पछिल्लो नीतिले ब्लगस्पटमा सेक्स ब्लग, पोर्न भिडियो र तस्वीरको साइट चलाइरहेका हजारौं प्रयोगकर्ता र त्यसका करोडौं दर्शक प्रभावित हुनेछन् । गुगलले पहिले आफ्नो नीतिमा स्पस्टरुपमै पोर्न कन्टेन्टलाई कुनै प्रतिबन्ध नलगाउने उल्लेख गरेको थियो । तर, अहिले आएर आफ्नो आधारभूत नीतिमै परितर्वतन गरेपछि पोर्न ब्लग संचालकहरु असन्तुष्ट बनेका छन् ।

सन् २००४ देखि ‘गर्ल वीथ वन ट्रयाक माइन्ड’ नामक ब्लग चलाइरहेकी संचालिक जियो मार्गोलिसले भनिन्- गुगलको पछिल्लो कदमले उ अभिब्यक्ति स्वतन्त्रताको बिपक्षमा छ भन्ने देखिन्छ, नयाँ नीति लागू गर्नु भनेको पुस्तकालयमा लेखक उपस्थीत भएको खण्डमा मात्र पाठकले पुस्तक पढ्न पाउँछन् भनेजस्तै हो ।’

३० दिने सूचनाका भरमा गुगलले पोर्न कन्टेन्ट हटाउन भनेपछि अधिकारकर्मीहरुले पनि यसको बिरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?