+
+
Shares

इटहरीको गोरखा बेकरीमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १३ गते ११:५०

१३ फागुन, इटहरी । इटहरीको गोरखा डिपार्टमेन्ट स्टोरको बेकरी रुममा बुधवार बिहान आगलागी भएको छ । आगलागीबाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

gorkhaआगलागीको कारण खुल्न नसकेपछि विद्युत सट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीका कारण गोरखा बेकरी भित्र रहेका २५ लाख आइसी बराबरको अत्याधुनिक मेसिन कामै नलाग्ने गरी क्षति पूगेको गोरखा डिपार्टमेन्ट स्टोरका कर्मचारीहरुले बताएका छन ।

गोेरखा बेकरी कक्षमा लागेको आगो इटहरी उपमहानगरको बारुण यन्त्र र डिपार्टमेन्टकै कर्मचारीहरुले आधा घण्टा पछि नियन्त्रणमा लिएका थिए ।

आगो निभाउने क्रममा गोरखा डिपार्टमेन्ट स्टोरका केही कर्मचारीहरु घाइते भएका छन् ।

तेज बन विश्वासीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?