Comments Add Comment

ट्रिपरको ठक्करले बालकको मृत्युपछि बिराटचोक तनावग्रस्त

भक्तशेर लिम्बू

accident-1

१३ फागुन, मोरङ । ट्रिपरको ठक्करले बालकको निधन भएपछि अहिले मोरङको विराटचौक बजार तनावग्रस्त बनेको छ ।
बुधबार बिहान करिब साढे ८ बजेतिर ट्युसन पढेर साइकलमा घर र्फकंदै गरेका बिराटचौक निवासी ११ वर्षीय बालक निशान चापागााईंलाई ट्रिपरले ठक्कर दिएको हो ।

बिराटचौकदेखि दक्षिण बेलेपुर जानेबाटोमा पर्ने शान्तिटोलमा ट्रिपरले ठक्कर दिएको स्थानीय वासिन्दाले बताएका छन् ।

को १ ख २६७३ नम्वरको ट्रिपरले ठक्कर दिँदा बालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालक स्थानीय सुविजीमुर इङलिस स्कुलका कक्षा ५ का छात्र हुन् ।

घटना पश्चात स्थानीय बासिन्दाहरुले ट्रिपरको ज्यादतीको विरुद्धमा प्रर्दशन गर्दै सडकमा धर्ना दिएका छन् । स्थानीयको आक्रोशका कारण यातायात अवरुद्ध भएको छ ।

accident

घटनालगत्तै विराटचौक बजार स्वतः बन्द भएको छ । विद्यार्थीहरु दोषीलाई कारवाहीको माग गर्दै स्कुल पोशाकमै धर्नामा बसेका छन् ।

ठक्कर दिने ट्रिपर इटहरीका क्रसर व्यवसायी भीम पौडेलको रहेको बुझिएको छ । यसअघि पनि उनैको ट्रिपरले ठक्कर दिँदा हरैंचामोड निवासी सुवास मास्केको खुट्टा गुमेको छ । मास्केको काठमाण्डौमा उपचार भइरहेको छ ।

बिराटचौक आसपासका बासिन्दा बारम्बार यसरी दुर्घटनाको शिकार बन्ने गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment