+
+

काष्ठमण्डप बैंकको सीइओमा उमेशसिंह भण्डारी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १३ गते १२:०३

Umeshsing-bhandari१३ फागुन, काठमाडौं । काष्ठमाण्डप डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा बैंकर उमेशसिंह भण्डारी नियुक्त भएका छन । बैंकको १ सय ६१औं सञ्चालक समितिको बैठकले भण्डारीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।

यसअघि उनी माछापुच्छ्रे बैंकको सहायक महाप्रबन्धकको पदमा कार्यरत थिए । लामो समय नारायणी नेसनल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत रहेका भण्डारी तत्कालीन स्टान्डर्ड फाइनान्समा कार्यकारी प्रमुख भएर गएका थिए ।

स्टान्डर्ड फाइनान्स माछापुछ्रे बैंकमा गाभिएपछि उनी माछापुच्छ्रेका डिजिएम थिए । भण्डारीसँग २५ वर्षे बैंकिंग र मर्जरको विषेश अनुभव छ ।

काष्ठमण्डप लेभलपमेन्ट बैंक र शिखर फाइनान्स एकआपसमा गाभिएर काष्ठमण्डप बैंककै रुपमा कारोबार सुरु गरेको बैंकमा पनि लामो समयदेखि कार्यकारी प्रमुखको पद खाली थियो ।

तत्कालीन शिखर फाइनान्सका महाप्रबन्धक उमेश रेग्मीले कायममुकायम सीइओ चलाइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?