Comments Add Comment

ज्ञानेन्द्रबारे ओलीको टिप्पणी : मरेको सर्पले पुच्छर हल्लायो !

१३ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयनको माग गर्दै पूर्वराजाले दिएको वक्तव्यलाई ‘मरेको सर्पले पुच्छर हल्लाएजस्तै’ भएको प्रतिक्रिया दिएका छन् ।

ज्ञानेन्द्रको वक्तव्यबारे कांग्रेस र एमालेका नेताले बोल्नुपर्ने एमाओवादी अध्यक्ष प्रचण्डले बताइहरेका बेला बुधबार राजधानीमा युवा संघको प्रशिक्षणलाई सम्बोधन गर्दै ओलीले भने- ‘एउटा अतिवाद मोटामोटी ब्यवस्थापन भइसकेको छ, तर अहिले पनि पुच्छर हल्लाइरहेको छ ।’

सर्पले मरेपछि वा मर्ने पक्का भइसकेपछि पुच्छर हल्लाउने भन्दै ओलीले भने-‘अलि अस्ति त्यही पुच्छर हल्लियो, सम्झौता कार्यान्वयन गर, धोका भयो भनेर वक्तव्य दिएका छन् ।’

पूर्वराजाले धोका भयो भनेको बताउँदै एमाले अध्यक्ष ओलीले भने-‘धोका त ठूलै धोका भयो नि, उलेखेरै फालियो । हामीले सडकबाट र भेट्दा पनि राजतन्त्र फाल्छौं भनेका थियौं । काँधमा हालेर थोत्रो राजतन्त्र बोक्छौं भनेर कसैले भनेको थिएन ।’

मरेको सर्पसम्बन्धी विम्व यसअघि एमाओवादी अध्यक्ष प्रचण्डले प्रयोग गर्ने गरेका थिए । प्रचण्डले राजतन्त्रलाई सर्पको टाउको र कांग्रेस एमालेलाई सर्पको पुच्छरको संज्ञा दिने गरेका थिए । यतिबेला सर्प मरिसकेपछि पनि पुच्छर हल्लिइरहेको भन्दै सर्पको पुच्छरमा हान्नुपर्ने प्रचण्डले बताउने गरेका थिए ।

एमाले अध्यक्ष ओलीले प्रचण्डले प्रयोग गर्दै आएको यही विम्व प्रयोग गरेर पूर्वराजालाई मरेको सर्पले पुच्छर हल्लाएको प्रतिक्रिया दिएका हुन् ।

एमाओवादी चाहिँ कन्सुत्लो

एमाले अध्यक्ष ओलीले एमाओवादीलाई कानमा परेको कन्सुत्लोको संज्ञा दिएका छन् । एमाओवादी, कानमा पसेको कन्सुत्लो औषधि हालेपछि छटपटाएजस्तै अवस्थामा रहेको ओलीको विश्लेषण थियो ।

भिडियो 

माओवादीले भाटे जुलुस र मसाल जुलुस निकालेर जनतामा आतंक फैलाउन खोजेको भए पनि यसलाई आफूले सामान्य रुपमा लिएको ओलीले बताए । उनले भने-‘कानमा कन्सुत्लो पसेपछि औषधि हाल्दा उपद्रो गर्छ । चिथोर्छ । अहिले कन्सुत्लोलाई औषधि हालेजस्तै भएको छ ।’

कन्सुत्लो भनेको प्रायः मकैको खोसेलो नङ्याँउदा फेला पर्ने एकप्रकारको किरो हो । यो किरो भाग्ने क्रममा कतिपय बेला मानिसको कानको प्वालभित्र पस्ने गर्छ । कानमा पसेपछि त्यसलाई निकाल्न गाह्रो हुने भएपछि औषधि हाल्ने गाउँघरमा चलन छ ।

क्रान्ति र जनयुद्धलाई बकवास भन्दै ओलीले लाठी बोकेर सडकमा हिँड्दैमा जनताले नपत्याउने दाबी गरे । माओवादीले कम्युनिष्टको बेइज्यत गरेको एमाले अध्यक्ष ओलीको आरोप छ । 

पहाडमा जनजाति र मधेसमा मधेसीलाई उचालेर उपद्रो मच्चाउने खोजेको उनले बताए । उनले भने-‘केही नियत खराव भएकाहरुले त यूपी बिहार जाऊ भन्यो भन्दैछन् । यति झूट र बेइमानीको जवाफ दिन म आवश्यक ठान्दिँन । जे भए पनि आरोप लगाउने गर्छन्, यो एमाले, देश र जनताविरोधी गतिविधि हो ।

सरकारबाट हट्नासाथ उपद्रो

एमाओवादीले सरकारबाट हट्नासाथ उपद्रो मच्चाउने गरेको एमाले अध्यक्ष ओलीको अर्को आरोप छ । ‘पुष्पकमल दाहालले राज्य चलाए । बाबुराम भट्टराईले चलाए । सरकारमा छँदा टिकै थियो’ ओलीले भने-‘त/m, सरकारबाट हट्नासाथ अर्को कुरा । यीनीहरु जन्मिएकै सरकार चलाउन, देश लुट्न भन्ने मानसिकता छ ।’

माओवादीले कांग्रेस र एमालेको बहुमतलाई मतादेश मात्र भनेको भन्दै एमाले अध्यक्ष केपी ओलीले जनादेशको ठेक्का लिएका एक दुई व्यक्तिको अहंकारमा देश बर्बाद पार्न खोजिएको बताए ।

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा माओवादी आन्दोलन देखिएको भन्दै ओलीले जनतालाई उत्तेजित बनाउने काम नगर्न आग्रह गरे । जनतालाई अलमल्याउन जातीय नारा दिने प्रयास भइरहेको भन्दै उनले फाटोवादीहरुले एमालेले पराजित गर्ने बताए ।

जनता खास समयमा मात्र सडकमा आउने भन्दै उनले भने-‘१६ गते भनिएको छ । केही हुँँदैछ । १५ को भोलिपल्ट र १७ को अघिल्लो दिन मात्र हो ।’

नागरिक समाज पनि लत्र्याक लुत्रुक

एमाले अध्यक्ष ओलीले नागरिक समाजलाई जमानी राखेर संविधानसभा बैठक मिति नतोकी स्थित गरेको बताए । तर, अहिले जमानी बस्ने नागरिक समाजका अनुवाहरु लत्राक लुत्रुक परेको बताए ।

अहिले सम्म केही नभएपछि आफूले हालै मात्र के छ भनेर सोध्दा नागरिक समाजका प्रतिनिधिहरुले हामीलाई उहाँहरुले गर्नुहुन्छ होला भन्ने छ भनेको सुनाए । उनले भने-‘तर, माघ २९ गते उहाँहरुमा जुन विश्वास थियो । १० गते आइपुग्दा लत्राक लुत्रुक भए छ ।’

कलैया र सिमरा आन्दोलन एमाओवादीको

ओलीले सरकारले सरकारी सेवा विस्तार गर्न खोज्दा माओवादी र उसको मोर्चाले कलैयामा तोडफोड, अजगनी गरेर उत्पात मच्चाएको आरोप समेत लगाए । ‘फेरि सिमरामा तीनै मान्छे कुदेर आएर सुरु गरे’ उनले भने-‘यसरी भ्रमको खेती गर्ने प्रयास भइरहेको छ ।’

उनले उपयुक्त समयमा सिमरामा सरकारले आफ्ना कार्यालय विस्तार गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment