+
+
Shares

युवा संघको असन्तुष्ट पक्षद्वारा राष्ट्रिय कार्यकर्ता भेला आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १३ गते १५:३०

Dilu-panta-group

१३ फागुन, काठमाडौं । एमाले सम्वद्ध युवा संघको असन्तुष्ट पक्षले चैत दोस्रो साता राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेको छ ।

उपाध्यक्ष दिलु पन्तको अगुवाइमा समानान्तर केन्द्रीय समितिको बैठक गरेको असन्तुष्ट समूहले उद्योग मन्त्री बस्नेतसहित युवा संघका उपाध्यक्ष र महासचिवसँग स्पष्टिकरण माग गर्ने निर्णय समेत गरेको छ ।

असन्तुष्ट पक्षले एमाले सचिव योगेश भट्टराईको उपस्थितिमा बैठक गरेको थियो । बैठकले आगामी चैत ७ र ८ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । त्यसअघि फागुन मसान्तभित्र अञ्चलस्तरीय भेला गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पन्तले निवर्तमान अध्यक्ष महेश बस्नेतले संघको विधानको बलात्कार गरेको आरोप लगाइन् ।

बस्नेतले संगठनका सदस्य नै नरहेका ब्यक्तलाई सचिव बनाएको र विधान विपरित अध्यक्ष बनाएको आरोप लगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?