Comments Add Comment

भाटा बाेक्ने माअाेवादीलार्इ कारवाही हुन्छ : सरकार

Maobadi rally (10)

१३ फागुन, काठमाडौं । गृह मन्त्रालयले ३० दलीय मोर्चाको जुलुसमा लाठीको प्रयोग गैरकानुनी भएकोमा बताएकाे छ ।

लाठी बाेकेर लगाइएकाे जुलुसले जनजीवन आतंतिक भएको भन्दै मन्त्रालयले अब यस्ताे नगर्न र गरेकाे पाइएमा कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘जनप्रदर्शनका नाममा कानून हातमा लिई जनजीवन आतंकित पार्ने कार्य गैरकानुनी भएको हुँदा यस्ता गतिविधि नगर्न/नगराउन सबैमा गृह मन्त्रालय अपील गर्दछ ।’

यस्तो क्रियाकलाप गरेको, संलग्न भएको पाइएमा कानूनबमोजिम कारबाही हुने गृह मन्त्रालयले जनाएको छ ।

एमाओवादीको युवा संगठन बाइसीएलले मंगलबार राजधानीमा गरेको मार्चपासमा सहभागीहरुले बाँसको भाटा बोकेका थिए ।

home-ministry-statememt-about-YCL-march-pass

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment