१३ फागुन, काठमाडौं । आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल नेतृत्वको सरकारले दिल्लीका जनतालाई राहतको घोषणा गरेको छ । जस अनुसार मार्च १ बाट विद्युत महसुल आधा हुनेछ भने पानी निःशल्क पाइनेछ ।
दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीबासीलाई हरेक महिना २० हजार लिटर पानी निःशुल्क दिने घोषणा गरेका हुन् । साथै ४०० युनिटसम्म विद्युतमा महसुल आध घटाइनेछ ।
तर, ४०० युनिटभन्दा बढी विद्युतको विल भने सबै तिर्नु पर्नेछ ।
आफ्नो चुनावी प्रतिवद्धतालाई व्यवहारिक भएको सावित गर्ने प्रयास स्वरुप दिल्ली सरकारले यस्तो घोषणा गरेको हो । यो घोषणाले दिल्लीका ९० प्रतिशत परिवारले विद्युतको विलमा फाइदा लिन सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
विद्युतमा छुटले ३६ लाख परिवारलाई फाइदा हुनेछ भने पानी निःशुल्क दिने घोषणााले १८ लाख परिवारलाई फाइदा हुनेछ । यसका लागि बजेटमा २५० करोडको व्यवस्था गरिने केजरीवाल सरकारले बताएको छ ।
प्रतिक्रिया 4