Comments Add Comment

एमाओवादीले बलिदान दिवस मनाउँदै

१४ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी र उसका भ्रातृ संगठनहरुले बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरी बलिदान दिवस मनाउँदैछन् ।

maoist flag१० वर्षे युद्धमा मारिएका र बेपत्ता पारिएकाहरुका परिवारलाई सम्मान लगायतका कार्यक्रम गरी साताव्यापी रुपमा बलिदान दिवस मनाउन लागिएको हो ।

आज फागुन १४ गतेदेखि २१ गतेसम्म साताव्यापीरुपमा सहिदहरुको सम्झना र सहिद परिवारलाई सम्मान लगायतका कार्यक्रम गरी दिवस मनाइने एकीकृत माओवादीले जनाएको छ ।

२०५२ साल फागुन १४ गते गोरखाका ११ बर्षीय दिलबहादुर रम्तेललाई तत्कालीन सरकारले माओवादी जनयुद्धमा लागेको भन्दै हत्या गरेको थियो । यसैगरी फागुन २१ गते झापा आन्दोलनमा लागेकाहरुलाई नियन्त्रणमा लिएर सुखानीको जंगलमा हत्या गरिएको थियो । माओवादीले रम्तेललाई जनयुद्धको पहिलो सहिदको रुपमा मान्दै आएको छ ।

दिवसका अवसरमा एकीकृत नेकपा माओवादीको आयोजनामा विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बलिदान दिवस मनाईंदै छ । यसैगरी दिउँसो १ बजे त्रिचन्द्र कलेज घण्टाघरमा अखिल क्रान्तिकारीले कार्यक्रम आयोजना गरेको छ । दुबै कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरु सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment