१६ फागुन, काठमाडौं । रुसका पूर्व राष्ट्रपति बोरिस यल्तसीनका कटु आलोचक मानिने एक चर्चित विपक्षी नेता बोरिस नेम्तसभको गोली हानी हत्या गरिएको छ । नम्सत्लाई चार राउण्ड गोली हानेर आक्रमणकारीले उनकै कार लिएर भागेका थिए ।
रुसले युक्रेनमा चलाएको सैनिक अभियानको विरोधमा मस्कोमा आइतबार बृहत र्यालीको तयारी भैरहेकोबेला उनको गोली हानी हत्या गरिएको बीबीसीले जनाएको छ । उनी र्यालीको आयोजक थिए ।
रुसका पूर्व राष्ट्रपति बोरिस यल्तसीनको पालामा नेम्तसभ उपप्रधानमन्त्री थिए । यल्तसीनपछिको उत्तराधिकारीको रुपमा उनलाई अघि सार्ने गरिन्थ्यो । तर पछि, उनी यल्तसीनको कटु आलोचक बन्दै विपक्षी नेताको रुपमा स्थापित भएका थिए ।
मस्कोमा हालै चलाइएको भ्रष्टाचार विरुद्धको एक चर्चित अभियानमा पनि नेम्तसभको संलग्नता थियो ।
रुसको योङ लिबरलमध्येका एक उनले सन् १९९० को दशकको सुरु तिर अर्थतन्त्र संकटमा परेकोबेला तत्कालीन सरकारलाई सघाएका थिए । त्यसपछि रुसको राजनीतिमा उनी सक्रिय भएका थिए ।
उनले उदार र लोकतान्त्रिक मान्यता राख्ने नेताको रुपमा आफ्नो विश्वास सँधै कायम राख्ने गरेको बीबीसीले जनाएको छ ।
हत्याको भ्रर्त्सना
राष्ट्रपति भ्लादमिर पुटिनले भाडामा लिइएकाहरुले नेम्तसभको हत्या गरेको हुनसक्ने भन्दै घटनाको भ्रर्त्सना गरेका छन् ।
उनको हत्याले रुसका विपक्षीहरुलाई स्तब्ध बनाएको बताइएको छ ।
प्रहरी अधिकारीहरुले नेम्तसभको हत्याबारे अनुसन्धान सुरु गरिएको बताएका छन् ।
प्रतिक्रिया 4