Comments Add Comment

छ बर्षमा बैंकिङ प्रणालीमा सात खर्ब थपियो

Bank deposit and lending growthपुष्प दुलाल

१९ फागनु काठमाडौं । पछिल्ला वर्षहरुमा बैंकिङ कारोबारमा उल्लेख्य वृद्धि भएको छ । बैंकहरुको संख्यात्मक वृद्धिसँगै पहुँच र कारोबार पनि बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार सन् २०१० मा ५ खर्ब ७ अर्ब रहेको बैंकहरुको कूल निक्षेप २०१५ सम्म आइपुग्दा ६ खर्ब ९६ अर्ब रूपैयाँले बढेर १२ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, २०१० मा ४ खर्ब ६४ अर्ब रुपैयाँ रहेको कर्जा २०१५ सम्म आइपुग्दा १० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकिङ क्षेत्रको सेवा विस्तारसँगै कारोबारमा वृद्धि आएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले  अनलाइनखबरलाई बताए ।

‘पछिल्ला वर्षहरुमा बैंकिङ क्षेत्रको सेवा उल्लेख्य विस्तार भएको छ ।’ राणाले भने-‘सेवामा आएको विस्तारसँगै कारोबार बढेको हो ।’ सर्वसाधारणमा बैंक कारोबार गर्नुपर्छ भन्ने भावनाको विकास हुनु र वर्षेनि बढ्ने जीडीपीको आकारले पनि कारोबार बढाएको उनले जानकारी दिए ।

सन् २०१३,  ०१४ र ०१५ मा बैंकिङ क्षेत्रको कारोबार उल्लेख्य बढेको तथ्यांकले देखाउँछ । २०१० को तुलनामा २०११ मा ३९ अर्ब रुपैयाँले निक्षेप र ४० अर्ब रुपैयाँले कर्जा बढेको थियो । त्यस्तै २०११ को तुलनामा ०१२ मा निक्षेप १ खर्ब २८ अर्ब रुपैयाँले र कर्जा ५१ खर्ब रुपैयाँले बढेको थियो ।

त्यसैगरी, २०१२ को तुलनामा ०१३ मा निक्षेप १ खर्ब ४६ अर्ब र कर्जा १ खर्ब ३५ अर्ब रुपैयाँले बढ्यो भने ०१३ को तुलनामा ०१४ मा निक्षेप १ खर्ब ९० अर्ब र कर्जा १ खर्ब ९१ अर्ब रुपैयाँले बढेको थियो । २०१४ को तुलनामा ०१४ मा १ खर्ब ९३ अर्ब र कर्जा १ खर्ब ५६ अर्ब रुपैयाँले बढेको छ ।

यद्यपि वित्तीय क्षेत्रको वृद्धिदरको तुलनामा यसले देशको कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा पुर्‍याएको योगदान भने कम  छ । गभर्नर डा. युवराज खतिवडाले नै पटकपटक वित्तीय क्षेत्रले जीडीपीमा पुर्‍याएको योगदानप्रति सार्वजानिकरुपमै असन्तुष्टि जनाउँदै आएका छन् ।

Bank total deposit and lending

हाल जीडीपीमा वित्तीय क्षेत्रको योगदान ३.८ प्रतिशत मात्रै छ । सरकारले आगामी पाँच वर्षभित्रमा यस्तो योगदान कम्तीमा ८ प्रतिशत पुर्‍याउने रणनीति तयार गरिरहेको छ ।

‘अबको हाम्रो प्राथमिकता जीडीपीमा वित्तीय क्षेत्रको योगदान र समावेसी बैंकिङको हुने छ ।’ केही समय अघिको अनलाइनखबरसँगको कुराकानीमा खतिवडाले भनेका थिए- बैंकहरुलाई उत्पादनशील क्षेत्रमा कर्जा बढाउन हामीले बैंकहरुलाई निर्देशन पनि दिइसकेका छौं ।’

बैंकिङ क्षेत्रको कारोबारमा उल्लेख्य विस्तार भए पनि बैंकहरुको कर्जा प्रवाह उत्पादनशील उद्योगहरुमा भन्दा आयातजन्य व्यापारमा बढी केन्दि्रत भएकाले वर्षेनि आयात र निर्यातबीचको खाडल चुलिँदै गएको छ ।

उत्पादनशील क्षेत्रबाट पर्याप्तमात्रामा कर्जाको माग नआएकाले बैंकहरुले व्यापारमै भए पनि लगानी गर्न बाध्य भएको हिमालयन बैंकका सीइओ राणाले बताए ।

‘उत्पादनशील क्षेत्रबाट कर्जाको माग आए बैंकहरु लगानी गर्न तयार छन ।’ उनले भने- मुलुकको वातावरण नै लगानीमैत्री नभएकाले उद्योगभन्दा व्यापार फस्टाइरहेको छ ।’

यो छ वर्षको अवधिमा बैंकिङ क्षेत्रमा लगानी योग्य रकम (तरलता) को चरम मार व्यहोरेको छ । दुई वर्ष बढी तरलता अभाव र दुई वर्ष जति अधिक तरलताको समस्या खेपेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment