तारले बारिएको पिञ्जडाभित्र दुइवटा कुकुरहरु भयानक भिडन्त गरिरहेका छन् । एकले अर्कोलाई टोक्दा तथा चिथोर्दा दुबै कुकुरहरु मरणासन्न भैसकेका छन् र जिउ रगतले लत्पतिएको छ । सयौँ मानिसहरुले कुकुरको यो दुखदायी तथा डरलाग्दो भिडन्तलाई मज्जा मान्दै हेरिरहेका छन् । पिन्जडाभित्रै छिरेका मानिसले कुकुरलाई अझै लड्न उक्साउँदैछन् ।
उत्तरी चीनको कुकुर लडाइँको यो दर्दनाक दृश्य सार्वजनिक भएपछि धेरैको ध्यान खिच्न सफल भएको छ । जनावर अधिकारकर्मीहरुले यस्तो दर्दनाक खेललाई आततायी भन्दै आलोचना गरिरहेका छन् । तर स्थानीय गाउँलेहरुले भने यो कुकुर लडाइँ आफुहरुको आवश्यक मनोरञ्जनको विषय भएको भन्दै प्रतिरक्षा गरिरहेका छन् ।
चीनको उत्तरी सांग्जी प्रान्तस्थित जिशान काउन्टीमा पर्ने सान्जिआओ गाउँमा आसपासका ६ गाउँ मिलेर यस्तो कुकुर लडाइँ मेलाको आयोजना गर्ने गर्छन् । कुकुर लडाइँ कैयौँ दिनसम्म चल्दछ । हरेक वर्ष वसन्त पर्वको समापनका अवसरमा कुकुर लडाइाको आयोजनागर्ने गरिएको छ ।
यो प्रतियोगितामा जो कोहीलाई पनि आफ्नो कुकुरलाई सहभागी गराउने अवसर प्रदान गरिन्छ । हरेक स्प्र्धाको विजेता कुकुरको धनीलाई एक प्याक चुरोट र चिनिया मग पुरस्कार स्वरुप प्रदान गरिन्छ ।
स्थानीय बासिन्दाहरु कुकुर लडाइँलाई सहरका मानिसहरुले आलोचना गर्ने गरेपनि त्यो आफुहरुको मनोरञ्जनको साधन भएको र गरीब गाउँलेहरुले आफ्नो मनोरञ्जनको साधन आफै छान्न पाउनुपर्ने दाबी ग्रेका छन् ।
प्रहरीले पनि कुकुर लडाइँ पर्वले कुनै नियम उल्लंघन नगरेको र यस विषयमा कुनै उजुरी नपरेको जनाएको छ । कतिपयले भने भुस्याहा कुकुरलाई सडकबाट उठाएर आफ्नो घरमा पालेको कुकुर भन्दै लडाइँमा सहभागी गराउने गरेको दाबी प्रहरीले गरेको छ ।
कतिपय कुकुरहरु लड्दालड्दै मर्ने समेत गरेका छन् । हेरौँ कुकुर लडाइँका केही दर्दनाक दृश्यहरु