+
+
Shares

भयानक कुकुर युद्ध (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २१ गते ९:५०

Dog fight (2)

तारले बारिएको पिञ्जडाभित्र दुइवटा कुकुरहरु भयानक भिडन्त गरिरहेका छन् । एकले अर्कोलाई टोक्दा तथा चिथोर्दा दुबै कुकुरहरु मरणासन्न भैसकेका छन् र जिउ रगतले लत्पतिएको छ । सयौँ मानिसहरुले कुकुरको यो दुखदायी तथा डरलाग्दो भिडन्तलाई मज्जा मान्दै हेरिरहेका छन् । पिन्जडाभित्रै छिरेका मानिसले कुकुरलाई अझै लड्न उक्साउँदैछन् ।

उत्तरी चीनको कुकुर लडाइँको यो दर्दनाक दृश्य सार्वजनिक भएपछि धेरैको ध्यान खिच्न सफल भएको छ । जनावर अधिकारकर्मीहरुले यस्तो दर्दनाक खेललाई आततायी भन्दै आलोचना गरिरहेका छन् । तर स्थानीय गाउँलेहरुले भने यो कुकुर लडाइँ आफुहरुको आवश्यक मनोरञ्जनको विषय भएको भन्दै प्रतिरक्षा गरिरहेका छन् ।

चीनको उत्तरी सांग्जी प्रान्तस्थित जिशान काउन्टीमा पर्ने सान्जिआओ गाउँमा आसपासका ६ गाउँ मिलेर यस्तो कुकुर लडाइँ मेलाको आयोजना गर्ने गर्छन् । कुकुर लडाइँ कैयौँ दिनसम्म चल्दछ । हरेक वर्ष वसन्त पर्वको समापनका अवसरमा कुकुर लडाइाको आयोजनागर्ने गरिएको छ ।

यो प्रतियोगितामा जो कोहीलाई पनि आफ्नो कुकुरलाई सहभागी गराउने अवसर प्रदान गरिन्छ । हरेक स्प्र्धाको विजेता कुकुरको धनीलाई एक प्याक चुरोट र चिनिया मग पुरस्कार स्वरुप प्रदान गरिन्छ ।

स्थानीय बासिन्दाहरु कुकुर लडाइँलाई सहरका मानिसहरुले आलोचना गर्ने गरेपनि त्यो आफुहरुको मनोरञ्जनको साधन भएको र गरीब गाउँलेहरुले आफ्नो मनोरञ्जनको साधन आफै छान्न पाउनुपर्ने दाबी ग्रेका छन् ।

प्रहरीले पनि कुकुर लडाइँ पर्वले कुनै नियम उल्लंघन नगरेको र यस विषयमा कुनै उजुरी नपरेको जनाएको छ । कतिपयले भने भुस्याहा कुकुरलाई सडकबाट उठाएर आफ्नो घरमा पालेको कुकुर भन्दै लडाइँमा सहभागी गराउने गरेको दाबी प्रहरीले गरेको छ ।

कतिपय कुकुरहरु लड्दालड्दै मर्ने समेत गरेका छन् । हेरौँ कुकुर लडाइँका केही दर्दनाक दृश्यहरु

Dog fight (1) Dog fight (3) Dog fight (4) Dog fight (5) Chinese Villagers Claim Dogfight Helps Alleviate Boredom

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?