२२ फागुन, काठमाडौं । पाकिस्तानका अधिकारीहरुले १०७ स्कुलको नाम परिर्वतन गरेर गत वर्ष पेशावर आक्रमणमा मारिएहरुको नाम राखेका छन् ।
उक्त स्कुल मध्ये ६० पेशावरमा छन् । ती स्कुलको नाम पेशावर आक्रमणमा मारिएका बालबालिकाहरुको नामबाट राखिएको छ ।
मृतकका आफन्तले यो निर्णयमा सहमति जनाएका छन् । तर, एक मृतकका अभिभावकले भने आफूलाई सम्पर्क नगरेको बीबीसीलाई बताए ।
तालिबान बन्दुकधारीले गत डिसेम्बर १६ मा पेशावरस्थित सैनिक पब्लिक स्कुलमा गरेको आक्रमणमा १५० भन्दा बढीको मृत्यु भएको थियो । मारिनेमा अधिकांश स्कुले बालबालिकाहरु थिए ।
यो घटनापछि शिक्षक र विद्यार्थीहरुलाई बन्दुक चलाउने तालिम समेत दिइएको छ ।
खैबर पख्तुनख्वा प्रान्तको सरकारले बिहीबार स्कुलको नाम परिर्वतनको घोषणा गरेको छ । यो कदम शिक्षालाई रोक्न सकिन्न भन्ने सन्देश चरमपन्थीलाई दिन चालिएको अधिकारीहरुले बताएका छन् ।
सरकारले पेशावर आक्रमणमा मारिएका मृतकको परिवारलाई दुई लाख दिएको छ ।
प्रतिक्रिया 4