२५ फागुन, काठमाडौं । यामाहा मोटरसाइकलको नेपाली बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नारी दिवसको अवसर पारेर ‘स्कुटर एक्स्चेञ्ज’ योजना ल्याएको छ ।
कम्पनीले ‘यामाहा रे जेड’ र ‘यामाहा अल्फा’ स्कुटरमा एक्स्चेञ्ज योजना लागू गरेको छ । योजनाअन्तर्गत कुनैपनि ब्राण्डको स्कुटर र मोटरसाइकलसँग यामाहा स्कुटर साट्न सकिनेछ ।
स्कुटर एक्स्चेञ्ज गर्दा ग्राहकले स्क्रयाच कार्डमार्फत ५ हजार देखि २५ हजारसम्म छुट पाउने बताइएको छ । पुरानो मोटरसाइकल तथा स्कुटरको उच्च मूल्यांकन गरी स्क्रयाच कार्डमार्फत परेको रकम कम्पनीले त्यसमा थपिदिनेछ ।
पूर्ण भुक्तानी गर्ने वा फाइनान्स मार्फत स्कुटर खरिद गर्ने दुवैले यस्तो सुविधा पाउने कम्पनीले जनाएको छ । यो योजना मार्च ८ देखि १३ तारिखसम्म लागू हुने बताइएको छ ।
यस योजनामा बम्पर उपहारअन्र्तगत एक जनाले आइफोन सिक्स पनि जित्नेछन् । नारी स्वतन्त्रतालाई बढवा दिने उदेश्यले यस्तो ग्राहक योजना ल्याएको कम्पनीको भनाई छ ।