Comments Add Comment

नेपालमा साहरुखको सात घन्टा यसरी बित्यो (फोटो फिचरसहित)

Sharukh Khan (18)
दिल्लीबाट १५ सय बोकेर मुम्बइमा राजा बन्ने  सपना बोकेर आएको एक यूवक । जसले देखेका हरेक सपना ५० बर्षको उमेरसम्म आइपुग्दा पुरा भइसकेका छन् । विश्वमै सर्वाधिक फ्यान बनाउन सफल त्यो यूवक जसलाई बाल्यकालमा ‘अब्दुल रहमान’ नामले चिनिन्थ्यो । त्यही यूवक आज विश्वकै दोश्रो धनी कलाकार र ‘ग्लोबल स्टार’को रुपमा चिनिन्छ, साहरुख खान ।

साहरुखले देखेको सपना त पुरा भयो, तर उनलाई रुचाउने लाखौ नेपाली फ्यानको सपना थियो, साहरुखलाई देख्ने, भेट्ने अनि कुराकानी गर्ने । आइतबारदेखि साहरुख खान नेपाल आउने चर्चाले वातावरण तातिसकेको थियो । तोकिएको मितिमा शाहरुख नआएपछि धेरैलाई लागेको थियो अब शाहरुख नेपाल आउँदैनन् । तर, साहरुखले आफ्ना फ्यानलाई निराश बनाएनन् ।

Sharukh Khan (6)

Sharukh Khan (20)

सोमबार बेलुकी ४ बजे भीआइपी कक्षबाट बाहिर निस्कदै गर्दा सारुखले सोचेका थिएनन् होला, विश्वका अन्य देशमा जस्तै उनलाई नेपालमा पनि फ्यानले घेर्नेछन् । तर, २ बजेदेखि नै साहरुख आउने चर्चाले त्रिभुवन विमानस्थल पुगेका उनका फ्यानको भिडलाई सम्हाल्न प्रहरीलाई गाह्रो भैरहेको थियो ।Sharukh khan at kathmandu (7)

जब साहरुख विमानस्थलबाट बाहिर निस्किए, उनको नाममा हुटिङ भयो, चलचित्रमा गीतमा फ्यानहरु रमाउन थाले । साहरुखलाई पनि यसले निकै रोमाञ्चित बनायो । गाडीबाटै नेपाली फ्यानलाई नमस्कार गरे, हात हल्लाएर अभिबादन गरे । फ्यानप्रतिको प्रेममा अन्य ठाउँ झैं उनी नेपालमा पनि चुकेनन् ।

हायातमा यस्तो देखियो

विमानस्थलबाट सोझै काठमाण्डौको हायात होटल पुगेका साहरुख खानलाई त्यहाँ पनि भव्य स्वागत भयो । हायातमा आयोजना भएको पत्रकार सम्मेलनमा साहरुख खान करिब २ घन्टा ढिलो आइपुगे । साहरुखको प्रतिक्षामा बसेका पत्रकारसँग उनले लामो साक्षात्कार गरेनन् । विरुवा हातमा लिएर स्टेजमा कोट र पाइन्टमा सजिएका साहरुखले पत्रकार सम्मेलनमा लामो कुरा बोलेनन् ।Sharukh Khan (1)

 

Sharukh Khan (3)

कतिले साहरुख खान दुब्लाएछन् भने त कतीले  साहरुखको लुक्सको प्रशंसा गर्न थाले । उनले पत्रकार सम्मेलनमा कान्साई नेरोल्याक पेन्ट्सको फेसबुक पेज लञ्च गरे । आफ्ना केही कुरा राखे । आफूलाई दोश्रो पटक नेपाल आउँदा अत्यन्त उत्साह थपिएको बताए । फेरि पनि परिवारका साथ नेपाल आउने बताएर साहरुख खान बिदा भए ।Sharukh Khan (5)

साहरुखले हायात होटलमा ३ वटा कार्यक्रमलाई छोटो-छोटो समय दिए । आइतबार नेपाल आउन नसक्दा साहरुख खानको समय छोटियो र उनी सोमबार नै मुम्बई  फर्किए ।

याक एन्ड यतिमा डान्स
हायातमा करिब ४ घन्टा बसेपछि साहरुख दरबारमार्गस्थित याक एन्ड यती होटलमा पुगेका थिए । याक एन्ड यति होटलमा आयोजना गरिएको कार्यक्रममा साहरुखले नृत्य पस्किए । साहरुख खान हायातबाटै ढिला आएकाले पनि याक एन्ड यतिको कार्यक्रममा लामो समय बस्न सकेनन् । साहरुख आउने भएकाले याक एन्ड यतिमा सुरक्षा अत्यन्त कडा पारिएको थियो । जसका कारण पनि उनलाई हेर्न पुगेका फ्यान निराश भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment