Comments Add Comment

लोकप्रिय ‘युएम’ बाईक अब आईएमइले बेच्ने

um-byke-1

काठमाण्डौ । नेपालमा छोटो समयमै लोकप्रिय बनेको अमेरिकी मोटरसाइकल ‘युएम’ अब आइएमई अटोमोटिभ्सले बिक्रि गर्ने भएको छ ।

दक्षिण अमेरिकासहित करिव २० मुलुकमा लोकप्रिय रहेको युएम अघिल्लो बर्षमात्रै नेपालमा बिक्रि सुरु भएको थियो । सुरुमा इम्र्पोट युएसयले नेपालका लागि आधिकारिक बिक्रेता लिएको भए पनि बजारमा राम्रो प्रस्तुती नगरको भन्दै उत्पादक कम्पनीले आइएमइलाई बिक्रेता छानेको हो ।

आइएमईले युएम बाइकको गैरीधारामा रहेको सोरुमसहित सवै स्टक बाइक जिम्मा लिएको छ । योसँगै आइएमईले आक्रामक बजार विस्तार गर्ने तयारी गरिरहेको छ ।

‘हामीले एकैपटक १७ वटा मोडल नेपाली बजारमा ल्याउँदै छौं’ आइएमइ अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटीले अनलाइनखवरसँग भने-‘नेपालमा सवैभन्दा धेरै मोडलका मोटरबाइक हामीसँगै हुन्छन् ।’

um-byke-2

छोटो समयमै लोकपि्रय रहेको कमाण्डो बाइक ग्राहकले भनेको बेला पाउन सकेका थिएनन् । अब त्यस्तो समस्या नहुने र थुप्रै नयाँ मोडल ल्याउने सिवाकोटीले बताए । साथै आईएमइले युएम पावरम्याक्स स्कुटरसमेत लन्च गर्दै छ । साथै आईएमईले थुप्रै मोडलको मूल्य अधिकतम १० हजार रुपैयाँसम्म घटाएको छ ।

आधिकारिक बिक्रेताको जिम्मा लिएसँगै आइएमईले काठमाण्डौमा ६ वटा सो रुम स्थापना गर्ने तयारी गरिरहेको छ । जमल नाचघरको भुइँ तल्लामा नेपालकै सवैभन्दा ठूलो सोरुम स्थापना गर्न लागिएको सिवाकोटीले जानकारी दिए । काठमाण्डौ बाहिर ३७ स्थानमा सो रुम स्थापना गर्ने योजना रहेको उनले जानकारी दिए ।

युएम बाईकमा सोरुममै फाइनान्स गर्ने सुबिधासमेत उपलब्ध । सून्य प्रतिशत ब्याजदरमा १० प्रतिशतसमात्रै डाउन पेमेन्टमा युएम बाइक किन्न सकिने प्रमुख कार्यकारी अधिकृत सिवाकोटीले जानकारी दिए । यसअघि युएम बाइकमा एक वर्षको वारेन्टी रहेकोमा अब बढाएर तीन बर्ष पुर्‍याइएको छ ।

बिक्रिपछिको सेवालाई ध्यान दिँदै काठमाण्डौको ज्ञानेश्वरमा वर्कसप निर्माण गर्न लागिएको आइएमई अटोमोटिभ्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment