+
+

धादिङका पीडितलाई राहत दिने प्रधानमन्त्रीको बचन

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २७ गते १४:४९

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले धादिङको पीडा गाविसमा विषाक्त रोटी खाएर मृत्यु भएकाको परिवारलाई राहत र विरामी परेकाहरुलाई उपचारको सबै व्यवस्था मिलाउने बचन दिएका छन् ।
Sushil-Koirala
नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी नेतृत्वको टोलीसँग बुधबार भएको भेटमा प्रधानमन्त्री कोइरालाले यस्तो बचन दिएका हुन् । ‘नेपाली कांग्रेसको सभापति र सरकार प्रमुखको रुपमा पीडितहरुलाई सक्दो सहयोग गर्नेछु । दुःखमा परेकालाई सहयोग गर्ने सरकारको दायित्व नै हो,’ कोइरालाले भने, ‘यस्तो बेलामा सहयोग नगरे कहिले गर्ने ?’

बीउको लागि राखेको विषाक्त गहुँ पिसेर बनाएको रोटी खादा धादिङ पिँडा गाविस चिउरीभञ्ज्याङका सन्जबहादुर तामाङको परिवारका ६ जनाको सोमबार मृत्यु भएको थियो ।

प्रधानमन्त्री कोइरालाले मंगलबार साँझ समवेदना सन्देश दिदै सो घटनाले आफूल्ााई मर्माहत बनाएको भन्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरे । उनले विरामी परेकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

सभासद अधिकारीको टोलीले रासायनिक विषादीले गर्ने असर र यसको प्रयोगबारे आम जनतालाई सही जानकारी दिने ब्यवस्था गर्न मागसमेत गरेको थियो । कोइरालाले यसबारे अविलम्व यथोचित कदम चाल्ने बचन समेत दिएका छन् ।

पूजा साहलाई श्रद्धाञ्जली

प्रधानमन्त्री सुशील कोइरालाले बलात्कारबाट मृत्यु भएकी बाराकी बालिका पुजा साहलाई श्रद्धाञ्जली र उनको परिवारप्रति समवेदना प्रकट गरेका छन् । कोइरालाले बलात्कारमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन सबैको सहयोग पाउने अपेक्षा पनि गरेका छन् ।

उनले महिलाहरुलाई सम्मानजनक व्यवहार गर्ने संस्कार र चेतना फैलाउन देशभर नयाँ जागरण ल्याउनुपर्ने खाँचो औंल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?