श्रीलंकाका लेजेन्ड ब्याट्सम्यान कुमार सांगाकारले बुधबार विश्वकपमा स्कटल्याण्डविरुद्ध शतक बनाएर लगातार चार शतकको कीर्तिमान बनाए ।
स्कटल्याण्डविरुद्ध उनले ८६ बलमा १०० रन पूरा गरेका हुन् । उनले ९५ बलमा १३ चौका र ४ छक्काको मदतमा १२४ रन बनाए ।
जारी विश्वकपमा उनको यो लगातार चौथो शतक हो । साथै वन डे क्रिकेटमा लगातार चार शतकको विश्व कीर्तिमान बनाएका छन् ।
उनले बंगलादेशविरुद्ध अविजित १०५, इंग्ल्याण्डविरुद्ध अविजित ११७ र अष्ट्रेलियाविरुद्ध १०४ रन बनाएर विश्वकपमा हृयाट्रिक शतकको रकेर्ड बनाएका थिए । यो वन डे क्रिकेटमा उनको २५ औं शतक हो । यस क्रममा उनले २६ ब्याट्सम्यानको रेकर्ड तोडेका छन् ।
६ ब्याट्सम्यानको रेकर्ड तोडियो
सांगाकार वन डेमा लगातार चार शतक बनाउने पहिलो क्रिकेटर बनेका छन् । यसक्रममा उनले ६ ब्याट्सम्यानको रेकर्ड तोडेका छन् ।
यसअअघि दक्षिण अफि्रकाका क्विन्टन डिकक, हर्शल गिब्स, एबी डिभिलियर्स, पाकिस्तानका जसहर अब्बार र सइद अनवर र न्यूजिल्याण्डका रोस टेलरले वन डे क्रिकेटमा लगातार तीन शतक बनाएका थिए ।
तीन ब्याट्सम्यानको रेकर्ड टुट्यो
सांगाकारा विश्वकपमा पनि लगातार चार शतक बनाउने पहिलो क्रिकेटर हुन् । उनले मार्क, शौरभ गंगाुली र म्याथु हेडनको रेकर्ड तोडेका छन् । उनीहरुले विश्वकपको एक संस्करणमा तीन शतक बनाएका थिए ।
१७ क्रिकेटरलाई जिते
यसअघि कुनै एक प्रतियोगिता वा सिरिजमा १७ ब्याट्सम्यानले तीन शतक बनाएका छन् । बुधबार स्टल्याण्डविरुद्धको शतकपछि सांगाकारले सबैलाई पछि पारेका छन् ।
चौथो सर्वाधिक शतक
सांगाकारको बुधबार करियरकै २५ औं शतक थियो । सबैभन्दा बढी शतक भने सचिन तेन्दुलकरले हानेका छन् । उनले ४९ शतक बनाएका छन् । रिकी पोन्टिङले ३० र सनथ जयसूर्याले २८ शतक बनाएका छन् ।
श्रीलंकाका तिलकरत्ने दिलशानले २२ शतक बनाएका छन् र गंगुली, गिब्स, क्रिस गेल र विराट कोहली पनि समान २२ शतक बनाएका छन् ।
अष्ट्रेलियामा २००० रन
आफ्नो पारीका क्रममा सांगाकारले अष्ट्रेलियाली भूमिमा २००० रन पूरा गरेका छन् । यो डेसमन्ड हेन्सको (३०६७) र विव रिचड्स (२७६९) पछि सर्वाधिक रन बनाउने तेस्रो गैर अष्ट्रेलियन ब्याट्सम्यान बनेका छन् ।
सांगाकारले अष्ट्रेलियाली भूमिमा २०३८ रन बनाए । जारी विश्वकपमा ४९६ रन बनाएर उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् ।
विश्वकपको एक संस्करणमा भारतका सचिन तेन्दुलकरले २००३ मा ६७३ रन बनाएका छन् ।