+

एन्फा नेतृत्वप्रति विकेशको आक्रोश : मोसो दलेर घिसार्नेबाहेक अरु विकल्प छैन

२०८२ फागुन  २० गते १५:०६ २०८२ फागुन २० गते १५:०६
एन्फा नेतृत्वप्रति विकेशको आक्रोश : मोसो दलेर घिसार्नेबाहेक अरु विकल्प छैन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फुटबलर विकेश कुथुले खेलाडीको माग पूरा नगरी एन्फा निर्वाचन गर्न खोजे दुःखको हिसाब किताब गर्ने चेतावनी दिएका छन् ।
  • कुथुले फुटबल बचाउन अहिलेको नेतृत्वलाई कालो मोसो दलेर एन्फाबाट घिसार्नेबाहेक विकल्प नभएको बताएका छन् ।
  • एन्फाको वर्तमान नेतृत्वले पछिल्लो तीन सिजन ए डिभिजन लिग बयोजना गर्न सकेको छैन ।

२० फागुन, काठमाडौं । फुटबलर विकेश कुथुले फुटबलको अभिभावक संस्था एन्फाबाट खेलाडीहरुले पाएको दुःखको हिसाब किताब भौतिक रुपमा असुल्ने चेतावनी दिएका छन् ।

कुथुले बुधबार सामाजिक सञ्जालमार्फत खेलाडीको माग पूरा नगरी एन्फा निर्वाचन गर्न खोजे खेलाडीको दुःखको हिसाब किताब भौतिक रुपमा असुल्ने चेतावनी दिएका हुन् ।

‘यदि हामीलाई वचन दिए अनुरुप ए, बी, सी डिभिजन लिग समयमा सञ्चालन भएन भने र त्योभन्दा अगाडी तिमीहरूले चुनाव गर्ने कोसिस मात्रै पनि गर्‍यौ भने हामी खेलाडीहरूले आजसम्म पाएका दुःखको हिसाब किताब तिमीहरुबाट भौतिक रूपमा असुल्ने छौं’ कुथुले लेखेका छन् ।

उनले फुटबल बचाउन अहिलेको नेतृत्वलाई कालो मोसो दलेर एन्फाबाट घिसार्नेबाहेक विकल्प नभएको बताएका छन् । उनले भनेका छन्, ‘नेपाली फुटबल बचाउन अब सबै खेलाडीहरू उपस्थित भएर यी अपराधीहरूलाई कालो मोसो दलेर एन्फाबाट घिसार्ने बाहेक अरु विकल्प छैन।’

कुथुले खेल गराउने कुरा भन्दा तबल भत्त र स्वार्थ पुर्ती गर्ने संस्था आफूहरुलाई आवश्यक नभएको उल्लेख गरेका छन् ।

एन्फा नेतृत्व विकेश कुथु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय