+

मध्यपूर्वको तनावको असर : कीर्तिपुरमा तय भएको नेपाल, यूएई र ओमान सम्मिलित लिग २ शृंखला स्थगित

२०८२ फागुन  २० गते १५:०६ २०८२ फागुन २० गते १५:०६
मध्यपूर्वको तनावको असर : कीर्तिपुरमा तय भएको नेपाल, यूएई र ओमान सम्मिलित लिग २ शृंखला स्थगित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइसीसी विश्वकप लिग–२ अन्तर्गतको ओमन, युएई र नेपालबिचको सिरिज आगामी सातादेखि काठमाडौंमा हुने तय भए पनि स्थगित भएको छ।
  • नेपाल क्रिकेट संघ क्यानले मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै उक्त सिरिज स्थगित गरिएको विज्ञप्ति जारी गरेको छ।
  • यूएई र नेपाल दुवै टोली मध्यपूर्वका देश भएकाले हालको परिस्थितिका कारण सो क्षेत्रमा उडानहरू नभएकाले सिरिज स्थगित भएको हो।

२० फागुन, काठमाडौं । आगामी सातादेखि काठमाडौंमा हुने तय भएको आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको ओमन, युएई र नेपालबिचको सिरिज स्थगित भएको छ ।

मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै उक्त सिरिज स्थगित गरिएको नेपाल क्रिेकट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

यूएई र ओमान दुवै टोली मध्यपूर्वका देश हुन् । हाल चलिरहेको परिस्थितिका कारण सो क्षेत्रमा उडानहरू पनि भएका छैनन् ।

सोही कारण यूएई र ओमानको क्रिकेट टोली नेपाल आउनेबारे पछिल्लो समय अन्योल देखिँदै आएको थियो ।

आवश्यक परामर्शपछि यस शृंखलाको संशोधित मिति सार्वजनिक गरिने क्यानले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

लिग २ को यस शृंखला सन् २०२५ नोभेम्बरमा हुने तय भएपनि नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आयोजना हुँदा यो शृंखला सरेको थियो ।

लिग २ को २०२४-२०२७ साइकलमा नेपालले अहिलेसम्म पाँच शृंखला खेलिसकेको छ भने यो छैटौं शृंखला हुनेछ । तर नेपालको प्रदर्शन भने राम्रो हुन सकेको छैन ।

२० खेल खेल्दा जम्मा ५ खेल मात्र जितेको नेपाल १२ अंकसहित ८ टोली मध्ये सातौं स्थानमा छ । नेपालको दुई खेलमा नतिजा निस्केको थिएन ।

नेपाल समान खेल खेल्दै ५ खेल नै जितेको युएई नेपाल भन्दा पछि छ । युएईको १० अंक छ । यस्तै यस शृंखलामा खेल्ने अर्को टोली ओमानले पनि २० खेल नै खेलेको छ । ११ खेल जितेको ओमान २५ अंकसहित चौथो स्थानमा छ । ओमानको वनि दुई खेल ‘नो रिजल्ट’ भएको थियो ।

लिग २ मा २४ खेल खेलिसकेका अमेरिका, स्कटल्याण्ड र नेदरल्याण्ड्स क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

यस्तै २४ नै खेल खेलिसकेको क्यानडा २१ अंकसहित पाँचौ र नामिबिया १९ अंकसहित छैटौं स्थानमा छ ।

मध्यपूर्व तनाव लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय