+

लयमा रहेको दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डलाई बदला लिने अवसर

२०८२ फागुन  २० गते १४:०४ २०८२ फागुन २० गते १४:०४
लयमा रहेको दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डलाई बदला लिने अवसर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी–२० विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच कोलकातास्थित इडेन गार्डेनमा खेल हुँदैछ।
  • दक्षिण अफ्रिका विश्वकपमा एक मात्र अपराजित टोली हो र समूह चरणमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो।
  • न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध बदला लिएर फाइनलमा पुग्ने लक्ष्य राखेको छ भने दक्षिण अफ्रिका लगातार दोस्रोपटक फाइनलमा पुग्ने दाउमा छ।

२० फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दैछन् । उक्त खेल भारतको कोलकातास्थित इडेन गार्डेन स्टेडियममा साँझ सवा ७ बजेबाट सुरु हुनेछ ।

जारी विश्वकपमा दक्षिण अफ्रिका एक मात्र अपराजित टोली हो । समूह चरणमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो । लयमा रहेको दक्षिण अफ्रिकाविरुद्ध त्यही हारको बदला लिँदै फाइनलमा पुग्ने अवसर न्युजिल्यान्डलाई छ ।

समूह चरणमा दक्षिण अफ्रिकाले युएईलाई ६ विकेट, न्युजिल्यान्डलाई ७ विकेट र क्यानडालाई ५७ रनले पराजित गर्दा अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा पराजित गरेको थियो । सुपर ८ मा दक्षिण अफ्रिका भारतविरुद्ध ७६ रन, वेस्ट इन्डिजविरुद्ध ९ विकेट र जिम्बाबेविरुद्ध ५ विकेटले विजयी भएको थियो ।

समूह चरणमा दक्षिण अफ्रिकासँग पराजित भएको न्युजिल्यान्डले क्यानडालाई ८ विकेट, युएईलाई १० विकेट र अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । सुपर ८ मा इंग्ल्यान्डसँग ४ विकेटले पराजित भएको न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गर्‍यो । पाकिस्तानसँग अंक बाँडेको न्युजिल्यान्ड रनरेटमा माथि हुँदै सेमिफाइनलमा स्थान पक्का गर्‍यो ।

यी दुई टोलीबिचको पछिल्लो ५ भेटमा न्युजिल्यान्डले ३ र दक्षिण अफ्रिकाले २ खेलमा जित निकालेका छन् । यसअघि न्युजिल्यान्ड ४ र दक्षिण अफ्रिका ३ पटक सेमिफाइनलमा पुगे पनि उपाधि जित्न भने सकेका छैनन् ।

यो खेलमा जित निकाल्ने टोली नयाँ च्याम्पियन बन्ने दौडमा अघि बढ्नेछ । दक्षिण अफ्रिका आफ्‌नो लयलाई कायम राख्दै लगातार दोस्रोपटक फाइनलमा पुग्ने दाउमा छ भने न्युजिल्यान्ड दक्षिण अफ्रिकाविरुद्ध बदला लिएर फाइनलमा पुग्ने लक्ष्यमा देखिन्छ ।

प्लेयर्स टु वाचको रुपमा ब्याटिङतर्फ न्युजिल्यान्डका टिम सेफर्ट र फिन एलेन तथा दक्षिण अफ्रिकाका कप्तान एडन माक्रेम र रायन रिकेल्टन छन् । बलिङतर्फ न्युजिल्यान्डका रचिन रवीन्द्र र म्याट हेनरी तथा दक्षिण अफ्रिकाका लुंगी एन्गिडी र कोर्बिन बोश छन् ।

जारी विश्वकपमा दक्षिण अफ्रिकाका मार्क्रम २६८ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो नम्बरमा छन् । २२८ रन बनाएका रिकेल्टन छैटौं नम्बरमा छन् ।

न्युजिल्यान्डका सेफर्ट २१६ रन बनाउँदै १०औं र एलेन १८९ रन बनाउँदै १६औं स्थानमा छन् । दक्षिण अफ्रिकाका लुंगी १२ विकेटसहित बलिङतर्फ सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो र कोर्बिन ११ विकेटसहित पाँचौं स्थानमा छन् । ९ विकेटसहित न्युजिल्यान्डका रचिन १६औं नम्बरमा छन् ।

टी-२० विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय