News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तान क्रिकेट बोर्डले मार्च ११ देखि १५ सम्म बंगलादेशमा हुने तीन ओडिआई खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ।
- शाहीन शाह अफ्रिदीको कप्तानीमा रहेको टोलीमा ६ खेलाडीले पहिलोपटक राष्ट्रिय टोलीमा अवसर पाएका छन्।
- पूर्वकप्तान बाबर आजम टोलीमा नपर्दा मोहम्मद रिजवानले कमब्याक गरेका छन्।
२० फागुन, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसिबी) ले बंगलादेशसँग हुने तीन खेलको ओडिआई शृंखलाका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।
यही मार्च ११ देखि १५ सम्म बंगलादेशमा हुने सिरिजका लागि शाहीन शाह अफ्रिदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो ।
बायाँहाते तीव्र बलर अफ्रिदीको कप्तानीमा रहेको टोलीमा ६ खेलाडीले पहिलोपटक राष्ट्रिय टोलीमा अवसर पाएका छन् ।
अब्दुल समद, माज सदाकत, मोहम्मद घाजी घोरी, साद मसूद, साहिबजादा फरहान र शमिल हुसैन पहिलोपटक पाकिस्तानको ओडिआई टोलीमा परेका हुन् ।
माज सदाकतले गत नोभेम्बरमा नेपालमा भएको नेपाल प्रिमियर लिगको दोस्रो संस्करण जनकपुर बोल्ट्सबाट खेलेका थिए । उनी राम्रो सम्भावना भएको युवा अलराउण्डरको रुपमा छन् । यस्तै साहिबजादा फरहानले अहिले भइरहेको आईसीसी टी२० विश्वकपमा पाकिस्तानको तर्फबाट दुई शतक सहित सर्वाधिक ३८३ रन बनाएका थिए । उनले टी२० विश्वकपको एकै संस्करणमा दुई शतक प्रहार गर्ने र सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएका थिए ।
पूर्वकप्तान बाबर आजम टोलीमा नपर्दा मोहम्मद रिजवानले कमब्याक गरेका छन् । पाकिस्तान र बंगलादेशबिचको पहिलो खेल मार्च ११, दोस्रो मार्च १३ र तेस्रो खेल मार्च १५ मा हुनेछ ।
पाकिस्तानको टोली : शाहीन शाह अफ्रिदी (कप्तान), अब्दुल समद, अबरार अहमद, फहीम अशरफ, फैसल अकरम, हारिस राउफ, हुसेन तलत, माज सदाकत, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वसीम जुनियर, मोहम्मद घाजी घोरी (विकेटकिपर), साद मसूद, साहिबजादा फरहान, सलमान अली आघा, शमिल हुसैन
प्रतिक्रिया 4