Comments Add Comment

जिल्लाको विकास नै सरकारको मूल लक्ष्य– मन्त्री खड्का

२८ फागुन, गाईघाट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नम्बर १ का सभासद् तथा सहरी विकासमन्त्री डा नारायण खड्काले वर्तमान सरकारको मूल लक्ष्य नै जिल्लाहरुको विकास गर्ने रहेको कुरा बताएका छन ।

आज उदयपुर जिल्लाको आठौँ जिल्ला परिषद् उद्घाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा खड्काले सो कुरा बताए ।

मन्त्री खड्काले भने- ‘बर्तमान सरकारको मुल लक्ष्य भनेको सविधान बनाउनका साथै देशको प्रत्येक जिल्लाहरुलाई शैक्षिक, आर्थिक, यातायात तथा स्वास्थ्यको क्षेत्रमा विकास गर्दै तलैबाट देशलाई सम्पन्न बनाउने लक्ष्य रहेको छ ।’

यसका लागि जिल्ला विकास समितिलाई सरकारले सक्दो सहयोग गर्ने र त्यसमा स्थानीय राजनीतिक दलहरुले पनि सहयोग गर्नुपर्ने कुरा मन्त्री खड्काले बताए ।

राजनीतिक दलहरुले जिल्लाको विकासको लागि पार्टिगतरुपमा बिभाजित हुन नहुने भन्दै सबै दलहरु एक भएर अगाडि बढे जिल्लाको विकास चाँडै अगाडि बढ्ने पनि उनले बताए ।

उदयपुर जिल्लाको आठौँ जिल्ला परिषद् कार्यक्रममा स्थानीय विकास अधिकारी पिताम्बर अधिकारीले आगामी वर्ष २०७२÷०७३ को लागि उदयपुरमा विकास तथा योजना र खर्चतर्फ करीब दुई अर्ब ३६ करोड ११ लाख ५२ हजार २०० बराबरको आर्थिक बजेट सार्बजनिक गरे ।

जिल्लाको आठौँ जिल्ला परिषद्लाई मन्त्री खड्काले आज जिल्ला विकास समितिको हलमा औपचारिक उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा उदयपुरका सभासदहरु नारायणबहादुर कार्की, मन्जु चौधरी र शान्तिदेबी चौधरीको पनि सहभागिता रहेको कुरा जिल्ला विकास समितिले बताएको छ ।

यस्तै, उदयपुरका राजनीतिक दलका नेताहरु प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, प्रहरी प्रमुख टेकबहादुर गुरुङको पनि सहभागिता रहेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment