+
+

यस्तो हुनेछ उड्न सक्ने कार, दुई वर्षमा बजारमा आउने

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ६ गते ८:५५

flight car (3)
ट्राफिक जाम छलेर हावामा उड्न सक्ने कारको निर्माण आविष्कारक तथा वैज्ञानिकहरुका लागि लामो समयदेखिको सपना बन्दै आएको छ । तर स्लोभाकियाका वैज्ञानिकहरुले भने अब यसलाई यथार्थमा परिणत गर्दैछन् । आगामी दुइ वर्षभित्रमा यसको व्यवसायिक उत्पादन सुरु गर्ने लक्ष्य वैज्ञानिकहरुको छ ।

एरो मोबिल नामको यो उड्ने कार एक ट्यांक पेट्रोलबाट ४ सय ३० माइल उड्न सक्छ । यो उड्ने मात्र होइन गुड्न पनि सक्छ र पार्किङमा राख्दा यसका पखेटा खुम्च्याएर सामान्य स्वरुपमा ल्याउन सकिन्छ ।

वैज्ञानिकहरुका अनुसार यो उड्ने कारमा विद्यमान गुड्ने सवारी साधनका साथै उड्ने जहाजको प्रविधि र पूर्वाधारको सम्मिश्रण गरिएको छ । यसले घरदैलो परिवहनको ढोका खोल्ने दाबी उनीहरुको छ ।

flight car (1)

यसमा कारमा जस्तै केही विशेषताहरु रहनेछन् । जस्तै- गाडी पार्किङ गर्ने सामान्य स्पेसमा पार्किङ गर्न मिल्नु र इन्धन भर्नका लागि पेट्रोल पम्पहरुमा चाहिएको बेला ओरालेर इन्धन भर्न सक्नु ।

एरो मोबिल कम्पनीका अनुसार यो उड्ने कारको निर्माण सकिएको छ र यो अहिले नियमित परीक्षण उडानमा रहेको छ, सन् २०१४ को अक्टोबरदेखि ।

कम्पनीका सिइओ जुराज वाकुलिकका अनुसार सन् २०१७ बाट यो कारको बिक्रि सुरु हुनेछ । कम्पनीले ड्राइभरले चलाउने मात्र नभै ड्राइभर नचाहिने अर्थात् स्वचालित उड्ने कार समेत निर्माण गरिरहेको उनले खुलासा गरे ।

कम्पनीका अनुसार यो कार ड्राइभर र यात्रु दुवैका लागि आरामदायी छ । साथै यसमा अल्ट्रालाइट र स्पोर्ट कार दुवैको क्षमताको मिश्रण रहेको छ ।

flight car (2)

कम्पनीका प्रवक्ताका अनुसार परीक्षण उडानमा रहेको एरोमोबिल कार तेश्रो चरणको उत्पादन हो । सन् १९९० देखि उड्ने कारको अनुसन्धानमा जुटेको यो संस्थाले यसअघि विभिन्न दुइवटा उड्ने कार बनाएपनि ती कारहरुको स्वरुप र क्षमताका कारण व्यवसायिक प्रयोगमा पठाउन नसकिने ठहर गर्दै थप परिस्कृत गरी तेश्रो पुस्ताको उड्ने कार निर्माण गरेको हो ।

आगामी अक्टोबर २९ मा अस्टि्रयामा आयोजना हुने पायोनियर फेस्टिभलमा कम्पनीले यो उड्ने कारलाई प्रदर्शनीमा राख्ने योजना बनाएको छ ।

कम्पनीले यो उड्ने कार सहरका सडकमा कसरी गुड्छ र उड्छ भन्ने देखाउन एक भिडियो समेत तयार गरेको छ ।

यो कारको तौल ४ सय ५० केजी रहने र यसमा दुइ जना मानिस चढ्न सक्ने कम्पनीले जनाएको छ । – डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?