+
+

दुई किशोरीलाई एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ

६ चैत, काठमाडौं । बसन्तपुरमा ट्युसन पढिरहेकी किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्ने युवक पक्राउ परेका छन् ।

रामेछापको फुलासी गाविस ८ घर भएका जीवन बिक नाम गरेका २० वर्षीय युवक पक्राउपछि प्रहरीद्वारा अायोजित पत्रकार सम्मेलनमै बेहोस भएर ढलेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ६ गते ११:४८

acid acctack person(1)

६ चैत, काठमाडौं । बसन्तपुरमा ट्युसन पढिरहेकी किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्ने युवक पक्राउ परेका छन् ।

रामेछापको फुलासी गाविस ८ घर भएका जीवन बिक नाम गरेका २० वर्षीय युवक पक्राउपछि प्रहरीद्वारा अायोजित पत्रकार सम्मेलनमै बेहोस भएर ढलेका छन् ।

शुक्रबार रानीपोखरीस्थित प्रहरी प्रभागमा एसिड अाक्रमणकारीलार्इ सार्वजनिक गर्न प्रहरीले सञ्चारकर्मीहरूलार्इ बोलाएको थियो । अाक्रमणकारी भनिएका बिक पत्रकार सम्मेलनमै मुर्छा परेर ढलेपछि उनलार्इ तत्काल अस्पतालतर्फ दाैडाइएको छ ।

acid acctack person(3)
पत्रकार सम्मेलनमा बेहाेस भएपछि अभियुक्तलार्इ समाउँदै प्रहरी

प्रहरीले धेरै दिनकाे खाेजीपछि अन्ततः संगीताका परिवारजन डेरा गरी बस्ने घरमै डेरा लिएर बसेका बिकलार्इ समातेकाे हाे ।

फागुन १० गते एसएलसी परीक्षाको तयारीमा रहेको दुई किशोरी संगीता र सीमामाथि ए प्लस ट्युसन सेन्टरमा शिक्षकलाई पर्खिरहेको अवस्थामा एसिड आक्रमण भएको थियो ।

पक्राउ परेका बिक संगीता मगर बस्ने घरमै डेरा गरी बस्ने युवक हुन् । संगीताले प्रहरीलाई दिएको बयानमा पनि आफ्नै घरमा बस्ने जीवनले आफूलाई बेलाबेला जिस्काउने गरेको बताएकी थिइन् ।

तपाईलाई कसैमाथि शंका छ भन्ने प्रश्नमा संगीताले भनेकी थिइन्-‘माथिको दाई म भन्दा ठूलो थियो । तै पनि मलाई जिस्काइ राख्थ्यो । पछि लागेर आउँथ्यो । उसको नाम जीवन हो ।’  एभिन्यूज टीभीलाई दिएको अन्तरवार्तामा उनले जीवनले आफू विहान कराते सिक्न जाने बेलामा पछि लागेर सिठ्ठी बजाउने गरेको र झगडा पनि भएको बताएकी छन् ।

संगीताकी आमाका अनुसार सुरुमा जीवनले संगीतासहित घरमा भएकाहरुलाई पढाउने भनेका थिए । केही दिन पढेपछि संगीताले जान मानिनन् । त्यसपछि जीवनले बेलाबेला संगीतालार्इ जिस्काउने गरेका थिए ।

उनले भनिन्  -मेरो नानीले पहिले पनि ममी त्यो जीवन दाइले जिस्काउँछ भन्यो । मैले किन जिस्काएको भनेर उसको कोठामा कराउँन गएँ । उसले हैन मैले केही भनेको छैन । त्यो फुच्ची सानो मान्छे भएर ठूलो मान्छेसँग कसरी बोल्नुपर्छ भनेर थाहा छैन भन्यो ।’

संगीताले त्यसबारे घरमा भनेपछि उनको परिवारले जीवनको परिवारलाई त्यसबारे सजगसमेत गराएका थिए ।

एसिड आक्रमणमा संगीता र सीमा बस्नेत घाइते भएकी छिन् । केएमसी अस्पतालमा उपचाररत संगीताको अवस्था केही गम्भीर छ । उनी सहयोगीमार्फत एसएलसी परीक्षा दिइरहेकी छन् । वीर अस्पतालमा उपचाररत सीमाले भने आफैंले परीक्षा दिइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?