+
+

आयो ‘स्मार्ट छाता’, अब हराउने चिन्तै छैन

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ८ गते ८:५०

smart amrela (1)

गर्मी होस् वा बर्षात, हरदम छाताको जरुरी पर्छ । तर, छाता बोक्नु जति झण्झटिलो छ त्यति नै धेरै हराउने समस्या पनि । हराउने समस्याकै कारण आजकल बजारमा सस्तो मूल्यका छाता बढि चल्न थालेका छन् । छातासँगै धेरै पैसा नगुमोस् भनेरै मानिसहरु राम्रा र महंगा छाता किन्न डराउँछन् ।

तर, अहिलेको स्मार्ट दुनियाँमा छाता हराउने समस्याको पनि उपाय निस्किएको छ ।

हालै अमेरिकाको एक कम्पनीले यस्ता स्मार्ट छाता उत्पादन गर्न थालेको छ जसको सिधा सम्बन्ध तपाईको स्मार्टफोनसँग हुन्छ ।

यदि तपाईले छाता हराउने अबस्था आयो भने तत्कालै स्मार्टफोनमा नोटिफिकेसन बज्छ- तपाईर्ंले छाता छाड्नुभयो भन्दै ।

न्यूयोर्कमा रहेको दाभोक कम्पनीले बनाएको यस्तो स्मार्ट छाता ब्लुटुथयुक्त छ । छाता समाप्त्ने पिंधको डण्डीमा एउटा चिप्स राखिएको छ जसले ब्लुटुथसँग कनेक्ट गर्दछ ।

smart amrela (2)उदाहरणका लागि यदि तपाई छाताभन्दा ३० मिटर पर पुग्नुभयो तपाईंले छाता छाड्नुभयो भन्दै मोबाइलमा स्वतः म्यासेज आउँछ । त्यसो हुँदा तपाईले छाता छाडेर हिड्ने समस्या स्वतः समाधान हुने कम्पनीको बिश्वास छ ।

कम्पनीले एन्ड्रोइड र एप्पल स्टोरमा एप पनि उपलब्ध गराएको छ । एपमा मौसमको भविष्यवाणीसमेत गरिन्छ र तपाईलाई कतिखेर छाता बोक्न जरुरी छ भन्नेबारे पहिले नै सचेत गराइन्छ ।

यो छाताको मूल्य १२५ अमेरिकी डलर अर्थात करिव १२ हजार नेपाली रुपैयाँ रहेको छ ।

सन् २००५ मा स्थापना भएको दाभेक कम्पनीले उच्च गुणस्तरका छाता बनाउँदै आएको थियो । तर, मानिसहरु छाता हराउने डरका कारण धेरै मूल्य तिर्न तयार भएनन् । छाता हराउने समस्या कसरी समाधान गर्ने भन्ने अनुसन्धान गर्दै कम्पनीले स्मार्ट छाताको सोंच अघि बढायो ।

भिडियो

सुरुवाती दिनमै स्मार्ट छाताप्रति निकै राम्रो प्रतिक्रिया देखिएको छ । तत्कालका लागि कालो र निलो गरी दुई रंगमा उपलब्ध दाभोक छाता प्रोमोसनल अफरमा ९९ डलरमा बिक्रि गरिएको छ । -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?