Comments Add Comment

टोयोटाले खोल्यो भैरहवामा शो-रुम, थ्रीएस सेवा उपलब्ध

Toyota-Bhairaha-Showroom

९ चैत, काठमाडौं । टोयोटा गाडीको नेपाली बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले भैरहवामा शो-रुम खोलेको छ । कम्पनीले सेल्स, सर्भिस र स्पेयर्स (थ्रीएस) सुविधा उपलब्ध गराउने गरी शो-रुम खोलेको हो ।

सौरभ इन्टरप्राइजेजले भैरहवा क्षेत्रमा टोयोटा गाडीको बिक्री तथा बिक्री पछिको सेवा प्रदान गर्ने जिम्मेवारी पाएको छ । शो-रुमको युनाइटेड ट्रेडर्सका बरिष्ठ निर्देशक कैलाशभक्त राजभण्डारी  उद्योगी महेन्द्र कुमार श्रेष्ठ, सौरभ श्रेष्ठ, दीपकराज श्रेष्ठ, ध्रुब कुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

सौरभ इन्टरप्राइजेजले अटो क्षेत्रमा दक्षता हासिल गरेको बरिष्ठ निर्देशक कैलाशभक्तले बताए । टोयोटाको गुणस्तरीय सेवा तथा मुल्य मान्यताको पालना गर्ने विश्वाससहित बिक्रेताको जिम्मेवारी दिएको उनको भनाई छ ।

सौरभ इन्टरप्राइजेजले भैरहवाको अलवा दाङ र सुर्खेतमा समेत टोयोटा गाडी बिक्री वितरण गर्ने जिम्मेवारी पाएको छ । शो-रुममा अत्याधुनिक सर्भिस सेन्टर रहेको बताउँदै हाइड्रोलिक सिस्टमबाट सर्भिस प्रदान गर्ने र जेन्यून स्पेयर पार्टस उपलब्ध गराउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment