Comments Add Comment

बोल्ट बने विश्वकपमा सर्वाधिक सफल कीवी बलर

Trent-Boult

ट्रेन्ट बोल्ट विश्वकप क्रिकेटमा सर्वाधिक सफल किवी बलर बनेका छन् ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले दक्षिण अफ्रिकामाथि ४ विकेटको रोमान्चक जित हात पार्दा उनले २ विकेट लिए ।

न्यूजिल्याण्डलाई सुरुवाति सफलता दिलाउने क्रममा उनले हसिम अमला र क्विन्टन डिककको विकट लिएका हुन् । यससँगै उनले जारी विश्वकपमा २१ विकेट लिएका छन् ।

बोल्टले ज्याफ आलेटको कीर्तिमान तोडेका हुन् । ज्याफ आलेटले उनले सन् १९९९ को विश्वकपको ९ खेलमा २० विकेट लिएका थिए ।

उनले दुई खेलमा ४-४ विकेट लिएका थिए । ३७ रनमा ४ विकेट उनको उत्कृष्ट प्रदर्शन थियो ।

बोल्टले भने ८ खेलमा २१ विकेट लिएका छन् र फाइनल खेल्न बाँकी नै छ । उनको उत्कृष्ट बलिङ २७ रन दिएर ५ विकेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment