Comments Add Comment

सामसुङ बारे तपाईले थाहा नपाएका केही रोचक तथ्य

samsungसामसुङ विश्वको सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक कम्पनी हो । यसले स्मार्टफोन मात्र होइन टेलिभिजन, क्यामेरा लगायतका ग्याजेट तथा कम्प्युटर चिप्स समेत उत्पादन गर्ने गर्छ । तर, यसको इतिहास निकै रोचक छ ।

सन् १९३८ मा एक व्यापार कम्पनीको रुपमा ली ब्यूंग चुलले ४० जना कर्मचारीको साथमा सामसुङ कम्पनी स्थापना गरेका हुन् । सुरुमा यो कम्पनीको मुख्य काम थियो ड्राइ फिस निर्यात गर्नु । साथै ग्रोसरी तथा आफ्नै चाउचाउ समेत यो कम्पनीले चीनमा बेच्न सुरु गर्यो ।

तपाइँलाई थाहा नहुनसक्छ सामसुङले अहिलेसम्म विभिन्न ४० प्रकारका व्यापारमा हात हालिसकेको छ, जसमा फुड प्रोसेसिङ, टेक्स्टाइल, विमा, खुद्रा व्यापार, सेक्युरिटिज लगायतका छन् । विस्तारै कम्पनीले विद्युतिय उपकरण निर्माण गर्न सुरु गर्यो सन् १९६० को दशकको उत्तरार्द्धतिर ।

त्यो सँगै सामसुङ विश्वव्यापिकृत समेत हुन थाल्यो । अहिले मोबाइल फोन सामसुङको आयआर्जनको मुख्य श्रोतको रुपमा स्थापित बनेको छ । सन् १९८६ मा सामसुङले सबैभन्दा पहिले कारफोन निर्माण गरेको थियो । तर यसको बिक्रि राम्रो हुन नसकेपछि उत्पादन बन्द गर्यो ।

त्यसपछि सन् १९९० सम्म सामसुङले अन्य केही मोडेलका मोबाइल बजारमा उतार्यो, यद्यपि अन्य मोबाइल फोनको दबदबा रहेको अवस्थामा सामसुङका मोबाइलप्रति ग्राहक आकषिर्त भएनन् र निकै कम मात्र बिके ।

सन् १९९२ मा सामसुङ विश्वको सबैभन्दा ठूलो मेमोरी चिप्स निर्माता कम्पनीको रुपमा स्थापित हुनपुग्यो । त्यस्तै सन् १९९५ मा सामसुङले विश्वमै पहिलोपटक एलइडी टेलिभिजन निर्माण गर्यो । सामसुङ ६ वर्षदेखि निरन्तर विश्वमा सबैभन्दा धेरै टेलिभिजन बिक्रि गर्ने कम्पनीको रुपमा रहेको छ । सन् २०१० मा यसले फुल एचडी एलइडी टेलिभिजन सार्वजनिक गरेको थियो ।

तस्वीर क्याप्सनः कोरियामा रहेको सामसुङ मुख्यालय अर्थात सामसुङ डिजिटल सिटी
कोरियामा रहेको सामसुङ मुख्यालय अर्थात सामसुङ डिजिटल सिटी

सन् १९९५ मा कोरियाली बजारमा आएको वित्तिय संकटपछि सामसुङले आफ्नो मुख्यालय सार्यो । त्यस समयमा सामसुङले आफ्नो लोगो समेत परिवर्तन गर्नुका साथै ग्यालेक्सी स्मार्टफोनको उत्पादन र व्यापार तर्फ कदम चाल्यो ।

मोबाइल डिभाइसको क्षेत्रमा एक अग्रणी कम्पनीको रुपमा स्थापित हुने लक्ष्य सामसुङको थियो । सो लक्ष्य पूरा गर्ने क्रममा सामसुङ फिचर बेस्ड नोकिया तथा एप्पलको आइफोनलाई पछि पार्दै सन् २०११ मा विश्वको नम्बर वान स्मार्टफोन फोन कम्पनी बन्न सफल भयो । इलेक्ट्रोनिक्स बजारमा लोकपि्रय ब्राण्ड सोनीलाई सन् २००४-२००५ मै सामसुङले पछाडि पारेको थियो ।

सामसुङ कोरियाली भाषाको शव्द हो । यसको अर्थ तिनतारा भन्ने हुन्छ । सामसुङले नाफा मात्र कमाउँदैन, लोककल्याणको काम पनि गर्छ । हरेक वर्ष सामसुङले आफ्नो मातहतको गैरनाफामूलक संस्था सामसुङ मेडिकल सेन्टरका लागि १० करोड अमेरिकी डलर दान गर्दछ । यो केन्द्रको मातहतमा दक्षिण कोरियामा विभिन्न सुविधा सम्पन्न अस्पतालहरु संचालनमा छन् । सामसुङ दक्षिण कोरियामा सबैभन्दा बढि राजश्व संकलन गर्ने कम्पनी पनि हो ।

धेरैलाई थाहा नहुन सक्छ- विश्वको सबैभन्दा अग्लो टावरको रुपमा रहेको बुर्ज खालिफा दुबइको निर्माण सामसुङले गरेको हो । सामसुङ ग्रुपको निर्माण विभागले बुर्ज खालिफा दुबइ निर्माणको काम जिम्मा लिएको थियो ।

सामसुङ विश्वमा आफ्नो विज्ञापनका लागि सबैभन्दा बढि खर्च गर्ने कम्पनी हो । गएको वर्ष सामसुङले विज्ञापनमा मात्रै ४ अर्ब डलर खर्च गर्यो भने थप ५ अर्ब डलर बजारीकरणका निम्ति खर्चियो ।

सामसुङले सन् १९९५ मा आफ्ना डेढ लाख फोन तथा फ्याक्स मेसिन नष्ट गरेको थियो । कम्पनीले उत्पादन गरेका सामानहरु गुणस्तरहीन रहेको र उपभोक्तालाई त्यस्ता सामान बेचिएमा उपभोक्ता ठगिने ठहर गर्दै सामसुङका अध्यक्ष ली कुन हीले कर्मचारीलाई गुणस्तरीहन सामान नष्ट गर्न आदेश दिएका थिए ।

सामसुङको मुख्यालय दक्षिण कोरियाको सुओनमा छ जसलाई सामसुङ डिजिटल सिटी भनिन्छ । हेलिकोप्टर पोर्टसहित अत्याधुनिक सुबिधा सम्पन्न मुख्यालयमा करिव ३५ हजार कर्मचारी कार्यरत छन् । ३९० एकड जमिनमा फैलिएको मुख्यालयमा ३८ तले चारवटा टावर छन् ।-नाइनफाइन स्टफबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment