Comments Add Comment

सोहित र प्रज्वलको तारिफ, के चम्किएला त भाग्य ?

sohit-and-prajwal
नेपालमा कलाकार बन्न अहिले त्यती गाह्रो छैन । तर, राम्रो कलाकार बन्नका लागि सजिलो पनि छैन । चलचित्रको पर्दामा कलाकारले गरेको अभिनयले नै उनीहरुको करिअरमा फेरबदल ल्याइदिन्छ ।

चैत्र ६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘माला’का एक पात्र हुन्, मोडल प्रज्वल सुजल गिरी । उनले चलचित्रमा निर्वाहा गरेको भूमिका जती दमदार थियो त्यती नै उनको काम । उनको काम चलचित्र हेरेपछि सबैले प्रशंसा गरिरहेका छन् । प्रज्वल पनि पाएको तारिफबाट दंग छन् ।

लामो समयदेखि म्यूजिक भिडियोमा देखिएका प्रज्वल अब चलचित्रमा उदाउन सक्छन् । यस्तै, चैत्र १३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘भुल भूलैया’मा मुख्य नायकको रुपमा काम गरेका कलाकार सोहित मानन्धर पनि चलचित्र क्षेत्रमा अब उदाउन सक्छन् ।

अगाडि केही चलचित्रमा सामान्य भूमिका गरेका सोहित ‘भुल भूलैया’मा भने नायक जिवन लुइटेलमाथि नै हाबी देखिएका छन् । चलचित्र हेरेका अधिकांशले सोहितको कामको प्रशंसा गरे ।

सोहित चलचित्र क्षेत्रमा राम्रो संभावना बोकेर आएको तर्क रंग पत्रकारदेखि चलचित्रकर्मीको पनि छ । नेपाली चलचित्रमा कलाकारको खडेरी लागेको समयमा प्रज्वल र सोहितको भाग्य चम्किएला त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment