Comments Add Comment

प्रभु बैंकको हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत

Prabhu-Bank-Janaral-Meeting-13
१३ चैत, काठमाडौं । प्रभु बैंकले सय कित्ता सेयर बराबर बिस कित्ता हकप्रद वितरण गर्ने प्रस्ताव स्वीकृत भएको छ । शुक्रबार सम्पन्न बैंकको १२औं र १३औं वाषिर्क साधारणसभाले हकप्रद वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले चुक्ता पुँजी बढाउन हकप्रद सेयर वितरण गर्न लागेको हो । हकप्रद वितरण पश्चता बैंकको चुक्ता पुँजी तीन अर्ब ८५ करोड ६ लाख ६२ हजार पुग्ने छ ।

साधारणसभाले देवी प्रकाश भट्टचनको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिमा संस्थापक समुहबाट भट्टचनसहित दक्ष पौडेल, विकास शाक्य र अम्बिका शर्मा लामिछाने निर्विरोध चयन भएका छन् ।

सर्वसाधारण समुहबाट पुष्प बहादुर प्रधान र कुसुम लामा सञ्चालक समितिमा निर्विरोध चयन भएको बैंकले जनाएको छ ।

साधारणसभाले संस्थापक सेयरधनीहरुको समुह ‘क’ मा रहेको उपसमुह खारेज गर्ने, बैंक नियमावलीको ठेगाना परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

सञ्चाल समितिले बैंकले अन्य उपयूक्त बैंक तथा वित्तिय संस्था गाभ्ने/गभिने तथा एक्वीजिसन, खरिद गर्ने प्रकृया अगाडि बढाउन, सम्पत्ती र दायित्व  तथा कारोबारको मुल्यांकन गर्न मुल्यांकनकर्ता नियुक्त गर्न तथा समझादरीपत्रमा हस्ताक्षर गर्न पनि साधरणसभाबाट अख्तियारी पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment