+
+

बिश्व किर्तिमान बनाउँदै चीन आइपुग्यो सोलार विमान, अहिलेसम्मकै लामो उडान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १८ गते ११:००

biman 2

जैविक इन्धनको प्रयोग नगरिएको र पूरै सौर्यउर्जाबाट संचालित सोलार इम्पल्स नामक सौर्य विमानले आफ्नो विश्व परिक्रमा अन्तरगतको पाँचौ चरणको उडान पूरा गरेको छ ।

विमान नेपाली समय अनुसार सोमबार राति झण्डै सबा ११ बजे चीनको चोंगक्विङमा अवतरण गरेको छ । २० घण्टाअघि बर्माको मण्डलेबाट उडान भरेको जहाज चीनमा अवतरण गर्न सफल भएको हो ।

बटर््रान्ड पिक्कार्डले विमान चलाएका छन् । उनले १४ सय ५९ किलोमिटर दूरी पार गरी बर्माबाट चीन आउँदा निकै प्रतिकुल वातावरण तथा तिब्र गतिको हावाको सामना गर्नुपरेको थियो ।

चोंगक्विङमा छोटो समयका लागि रोकेर चीनको पूर्वी क्षेत्र नान्जिङतर्फ उडान भर्ने योजना रहेपनि मौसमको खराबीका कारण बिमानको उडान हुन सकेको छैन र मौसममा सुधार नआउन्जेल चोंगक्विङमै रहनेछ ।

मिसन डाइरेक्टर रेमण्ड क्लर्कले अझै केही दिन चोंगक्विङमै पर्खनुपर्ने सम्भावना रहेको बताएका बीबीसीले उल्लेख गरेको छ । चोंगक्विङमा रहँदा यो सौर्य विमानमा रहेको टोलीले नविकरणीय उर्जाको प्रबर्द्धनका विषयमा भविष्य सफा छ भन्ने आफ्नो अभियानको प्रचारमा समय व्यतित गर्ने बताइएको छ ।

नान्जिङ पुगेपछि विमान अहिलेसम्मकै सबैभन्दा लामो उडानमा रहनेछ । नान्जिङबाट उडेको विमान पाँच दिन पाँच रातको निरन्तर उडानपछि अमेरिकाको हवाइ पुगेर मात्र अवतरण गर्नेछ ।

biman

सोलार इम्पल्सले झण्डै तिन हप्ताअघि अबुधावीबाट आफ्नो उडान यात्रा सुरु गरेको थियो । झण्डै १२ चरणमा गरी पृथ्वीको परिक्रमा गर्ने योजना रहेको छ र केही महिना पछि यो विमान विश्व भ्रमण पूरा गरी पुनः अवुधावीमै अवतरण गर्नेछ ।

एकसिटे यो जहाजलाई बटर््रान्ढ पिक्कार्ड र उनका व्यवसायिक साझेदार एन्ड्रे ब्रोस्चवर्गले पालैपालो चलाइरहेका छन् ।

अहिलेसम्मको उडानमा यो जहाजले दुई वटा विश्व किर्तिमान कायम गरिसकेको छ ।

पहिलो- सौर्य उर्जाबाट सबैभन्दा लामो दूरी उडान गर्नु । भारतको अहमदावादबाट ओमानको मस्टकसम्मको यात्रामा १४ सय ६८ किलोमिटर ।

दोश्रो- २ सय १६ किलोमिटर प्रतिघण्टाको गति । वनारसबाट बर्मासम्मको यात्राका क्रममा । आफ्नो विश्वभ्रमणका क्रममा यो जहाजले अझै थुप्रै किर्तिमान बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?