Comments Add Comment

दाङमा आकस्मिक कक्षबाट ओपिडी सेवा

Doctor-and-Patient-at-Ghora

  • ओपिडी सेवा बन्द गरी अस्पताल परिसरमा विरामी जाँच्दै राप्ती उपक्षेत्रीय अस्पतालका एक चिकित्सक ।

निमुसंगम घर्ती

१८ चैत, दाङ । देशभरका अस्पतालमा ओपिडी सेवा बन्द हुँदा विरामीहरु मर्कामा परेकोबेला दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालका चिकित्सकहरुले भने आकस्मिक कक्षबाट ओपिडी सेवा सन्चालन गरेका छन् ।

शिक्षण अस्पताल महाराजगन्जमा अनसन बसेका डा. गोविन्द केसीको माग पूरा गराउन नेपाल चिकित्सक संघको आहृवानमा देशभरका निजी तथा सरकारी अस्पतालमा बुधबार ओपिडी सेवा बन्द छ ।

तर, राप्ती उपक्षेत्रिय अस्पताल घोराही दाङका चिकित्सकहरुले ओपिडी अर्थात बहिरंग सेवा बन्द गरेर अस्पतालको प्राङ्गणबाट ईमरजेन्सी सेवा दिएका हुन् ।

केसीका मागहरु जायज रहेको भन्दै दवावस्वरुप हातमा कालो पट्टी बाँधेर विरामीहरुको स्वास्थ्य जाँच गरेको नेपाल चिकित्सक संघ दाङका सचिव डा. प्रवोध रेग्मीले बताए । ‘ओपिडी बन्द छ तर, विरामीहरु मर्कामा नपरुन् भनेर सबै सेवा इमरजेन्सीको नामबाट दिएका छौं,’ सचिव रेग्मीले भने ।

पूर्वाधार नपुगेका नयाँ मेडिकल कलेजहरुलाई सम्वन्धन दिन नहुने, स्पष्ट मेडिकल नीति बन्नुपर्ने, स्वास्थ्य सेवा र शिक्षा सर्बसुलभ हुनुपर्नेलगायतका १० बुँदे माग राखेर डा. केसी ११ दिनदेखि आमरण अनशनमा छन् । सरकारका प्रतिनिधिसँग पटक पटक वार्ता भएपनि माग पूरा नभएको भन्दै केसीले अनशन तोड्न मानेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment